न्यूड दृश्य देखाउन एण्ड्रियालाई बढी पारिश्रमिक | Khabarhub Khabarhub

न्यूड दृश्य देखाउन एण्ड्रियालाई बढी पारिश्रमिक


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– दक्षिण भारतीय फिल्मकी अभिनेत्री एण्ड्रिया जेरेमिया चाँडै नै आफ्नो नयाँ हरर कमेडी फिल्म ‘पिसासु २’को सुटिङ सुरु गर्दैछिन् । जसमा उनी प्रमुख भूमिकामा देखिँदैछिन् ।

फिल्मका निर्माताले गत वर्ष एण्ड्रियाको जन्मदिनमा फिल्मको फस्टलुक सार्वजनिक गरेका थिए । पोस्टरमा उनको अनुहारमा स्कार्फ बाँधिएको थियो । एण्ड्रिया यो फिल्मको लागि तयारीमा जुटिसकेकी छन् ।

फिल्ममा एण्ड्रिया निकै बोल्ड अवतारमा देखिँदैछिन् । फिल्ममा उनले एक न्यूड दृश्य पनि दिनेछिन् । फिल्मका लागि यो दृश्य निकै महत्वपूर्ण हुने भएकाले उनले निर्मातासँग अतिरिक्त रकम पनि माग गरेकी छन् ।

निर्माताले पनि एण्ड्रियाको मागमा सहमति जनाइसकेका छन् । किनकी निर्माताले फिल्मका लागि कुनै सम्झौता नगर्ने जनाएका छन् ।

एण्ड्रियाले ‘पिसासु २’ निर्देशक मिसकिनसँग दोस्रोपटक सहकार्य गर्न लागेकी हुन् । उनले यसअघि ‘थुपरिवालन’मा काम गरेकी थिइन् । जुन फिल्म बक्सअफिसमा सफल भएको थियो ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ९ : ०० बजे

नगरकोट प्रहरी प्रभागको नयाँ भवन सञ्चालनमा

काठमाडौं– प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन सञ्चालनमा आएको छ ।

बैतडीमा १८ जनामा डेङ्गी सङ्क्रमण

बैतडी– बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो तीन

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक १२ गते बुधबार ।

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल कात्तिक १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १२ गते बुधबार। कात्तिक