राति अबेरसम्म निन्द्रा लागेन भने यसो गर्नुहोस् « Khabarhub

राति अबेरसम्म निन्द्रा लागेन भने यसो गर्नुहोस्


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

अहिलेको समयमा राति निन्द्रा नपर्ने समस्या आम भइसक्यो । अधिकाशं मानिस राति पुर्ण र राम्ररी निदाउन नसक्दा समस्यामा पर्ने गरेका छन् ।

धेरैलाई थाहा नहुन सक्छ, खाना जतिकै निन्द्रा पनि शरिरको आवश्यकता हो । यसकालागि मानिस २४ घण्टाको अवधीमा न्युनतम ७/८ घण्टा निदाउन आवश्यक छ । अन्यथा निद्रा प्रभावित भएमा दैनिक कामकारबाहीदेखि स्वास्थ्यमा समेत असर पर्दछ ।

अनिद्राले चिढचिढाहट हुने, काममा मन नलाग्ने, आँखाको तल्लो भागमा कालो घेरा देखिने, पेटसम्बन्धी समस्या हुने तथा दिर्घकालिन रुपमा उच्च रक्तचाप, मोटोपना, मधुमेह रोग समेत हुन सक्छ । तर निद्राले शरीर र मस्तिष्क दुबैलाई स्वस्थ एवम् चुस्त राख्दछ ।

बढी चिन्ता लिने, मनमा कुरा खेलाउने तथा एकाग्र हुन नसक्नेहरुमा अनिन्द्राको समस्या हुने गर्दछ । अनिद्रा मदिरा तथा लागुपदार्थ सेवन, मानसिक तथा शारीरिक समस्या बाहेक अन्य कारणले पनि हुनसक्छ । लगातार अनिन्द्रा भएमा चिकित्सकको परामर्श लिन अत्यन्त आवश्यक छ ।

अनिन्द्राबाट बच्न, राति अबेरसम्म जागा बस्नु हुँदैन । थकाइ लागेको समयमा नै सुत्नुपर्छ । साथै सधैं दिनहुँ सुत्ने र उठ्ने समय एकनाशको हुनु पर्दछ । यस अलावा सुत्ने ओच्छ्यान र वातावरण निन्द्रा जगाउने खालको हुनु पर्दछ । सुत्ने कोठा अँध्यारो र शान्त हुनुपर्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  १० : ०० बजे

स्थानिय तहमा सेवा प्रवाह प्रभावित भए कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख

कोशी प्रदेशसभाबाट आमसञ्चार विधेयक सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा

ओली र लेखक दुवैका बन्दी प्रत्यक्षीकरण रिट खारेज, परमादेश जारी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला

दमक– बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट