स्वास्थ्य चौकीको भवनभित्र छाता ओढ्नुपर्ने बाध्यता ! « Khabarhub

स्वास्थ्य चौकीको भवनभित्र छाता ओढ्नुपर्ने बाध्यता !


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बेनी नगरपालिका–३ भकिम्लीस्थित स्वास्थ्य चौकीमा छाता ओढ्नुपर्ने बाध्यता छ ।

स्वास्थ्य चौकीको भवन जीर्ण भएर पानी चुहिन थालेपछि बर्खायाममा पानी पर्दा स्वास्थ्यकर्मी र सेवाग्राही छाता ओढेर बस्ने गरेका हुन् ।

स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक धीरजकुमार शाहले भवनको प्रसूति कक्षभित्र पानी पर्दा छाता ओढेर सेवा दिने गरेको बताए ।

‘आफ्नै भवन नभएको र स्वास्थ्यचौकी सञ्चालन भइरहेको आमा समूहको भवन मर्मत नहुँदा जीर्ण बनेर पानी चुहिन थालेको छ,’ उनले भने, ‘बर्खामा पानी पर्दा भवनभित्रै छाता ओढेर सेवा दिने गरेका छौं ।’

भवन अभावमा करीब १ हजार घरधुरीले सेवा लिने स्वास्थ्य चौकीको कामकाज प्रभावित बनेको हो । जीर्ण, साँघुरो र पानी चुहिने कच्ची भवनमा स्वास्थ्य संस्था सञ्चालन गर्दा नागरिकलाई समस्या भएको छ ।

स्वास्थ्यचौकी सञ्चालन भएको नमूना आमा समूहको भवन मर्मत अभावमा जीर्ण बनेको हो । ‘छानोबाट पानी चुहिन्छ, प्रसूति गराउने कोठाको शय्यामा पानी चुहिने भएकाले टपेस राखिएको छ । सिंगो स्वास्थ्यचौकी २ वटा कोठामा सीमित छ । पर्याप्त कार्यकक्ष नहुँदा सेवा प्रवाहमा समस्या भएको छ,’ जनस्वास्थ्य निरीक्षक शाहले भने ।

एक कोठामा प्रशासन र औषधि भण्डारण कक्ष बनाइएको छ । बहिरङ्ग, सोधपुछ र प्रसूति कक्ष एउटै कोठामा सञ्चालन भएको छ । गोप्य कक्ष नहुँदा सेवाग्राहीले लाज मानेर आफ्ना समस्या खुलेर स्वास्थ्यकर्मीलाई बताउन सक्दैनन् । दैनिक १० जनाको हाराहारीमा सेवाग्राही आउने गर्छन् ।

स्वास्थ्य चौकीको भवन बनाउन जग्गा प्राप्त भए पनि बजेट अभावमा कार्यान्वयन हुनसकेको छैन । स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष पदम पुनले भवन बनाउन नगरपालिकामार्फत प्रदेश र संघीय सरकारमा प्रस्ताव गरिएको बताए ।

स्थानीय पृथीलाल खत्रीको परिवारले ८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ । यसअघि ३ रोपनी जग्गा उपलब्ध गराएको खत्री परिवारले नयाँ मापदण्डपछि थप ५ रोपनी उपलब्ध गराएको हो । नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले विस्तृत परियोजना प्रतिवेदन तयार पारेर साझेदारीमा स्वास्थ्यचौकी भवन बनाउन प्रदेश र संघ सरकारका निकायमा प्रस्ताव गरिने बताइन् । रासस

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ७ : ४५ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य