आयल निगमले माग्यो १७ कर्मचारी, यसरी दिनुस् आवेदन « Khabarhub

आयल निगमले माग्यो १७ कर्मचारी, यसरी दिनुस् आवेदन


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आयल निगमले लोक सेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मक लिखित परिक्षामार्फत् १७ जना कर्मचारीको माग गरेको छ ।

निगमले रिक्त रहेका विभिन्न खुला प्रतियोगिताद्वारा छनोट गरी स्थायी पूर्ति गर्नका लागि इच्छुक योग्य नेपाली नागरिकहरूले अनलाइन फारम भर्न सक्ने जनाएको छ ।

निगमका अनुसार सूचना प्रकाशित भएको २१ दिनभित्र र दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिन भित्र दरखास्त फाराम पेश गर्नसक्ने जनाएको छ ।

निगमले ७ जना छैटौं तहमा, पाँचौ तहमा ३ जना, चौथो तहमा २ जना, तहबिहिन टेक्निसियन ४ जना र बाउजर अपरेटरमा १ जना कर्मचारीको माग गरेको छ । जसमा तहबिहिन, चौथो र पाँचौको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरेको छ । त्यस्तै छैठौं तहको हकमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ ।

साथै महिला एवं अपाङ्गको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यसैगरी, निगमले छैठौं तहका लागि १ हजार रुपैयाँ, पाँचौ तहका लागि ४ सय, चौथो तहलाई ३ सय रुपैयाँ र तहबिहीनलाई २ सय रुपैयाँ परिक्षा दस्तुर तोकेको छ । साथै एउटै पदका लागि १ भन्दा बढी समावेशीमा दरखास्त दिने भएमा प्रति समावेशी छैठौं तहलाई ४ सय, पाँचौ तहलाई २ सय, चौथो तहलाई १ सय ५० र तहबिहिनका लागि १ सय रुपैयाँ थप परिक्षा रकम बुझाउनुपर्नेछ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  २ : ५२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना