कतार एयरवेज होलिडेजले ल्यायो ‘फ्यामेली एण्ड फ्रेन्ड्स’ प्याकेज « Khabarhub

कतार एयरवेज होलिडेजले ल्यायो ‘फ्यामेली एण्ड फ्रेन्ड्स’ प्याकेज


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कतार एयरवेज होलिडेजले डिस्कभर कतारको सहकार्यमा फ्यामेली एण्ड फ्रेन्ड्स प्याकेज ल्याएको छ ।

खोप लिइसकेका यात्रुहरूका लागि कतार खुला भएपश्चात् साथीभाइ तथा परिवारसँग कतारमा भेट गर्न गइरहेका अन्तर्राष्ट्रिय यात्रुहरूका निम्ति विशेष प्याकेज ल्याएको हो ।

प्रवेशका लागि अनिवार्य सर्तको रूपमा, कतार राज्यले सबै पर्यटकको आगमनसँगै होटल बुकिङ पनि भएको हुनुपर्ने जनाएको थियो । यस आवश्यकताको पूर्तिका लागि सहयोग पुर्याउन कतार एयरवेज होलिडेजको साझेदारीमा कतार डिस्कभरले ग्राहकहरूको परिवार र साथी भाइसँगको अनुभव बृद्धि गर्ने उद्देश्यले होटलहरूमा विशेष छुटको साथ विशेष योजना प्रदान गर्ने भएको हो ।

‘फ्यामेली एण्ड फ्रेन्ड्स’ प्याकेजहरू प्रति व्यक्ति एक हजार ७२१ कतारी रियाल देखि सुरु हुनेछ र हिल्टन दोहा, हिल्टन साल्वा बीच रिसोर्ट लगायतका अग्रणी होटलहरूमा ५, ७ र १० रातका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १ : ४० बजे

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका