भविष्यको मुहान : प्रेरक प्रसङ्ग « Khabarhub

भविष्यको मुहान : प्रेरक प्रसङ्ग


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक शिक्षण संस्थामा अन्तिम वर्षको परीक्षामा उच्चतम अङ्क ल्याउने आठ दश विद्यार्थीलाई देशका नाम चलेका औद्योगिक संस्थाले नियुक्त गर्ने परम्परा थियो । त्यो वर्ष पनि त्यही भयो ।

माथिल्लो नम्बर ल्याउने नौ जना उच्च पद र प्रतिष्ठायुक्त नोकरी पाएर दङ्ग परे । तर, उनीहरुमध्येकै एउटा केटाले त्यो अवसर पाएन, जो चुनिएका साथीहरुभन्दा कुनै कुरामा कम थिएन ।

ऊ असाध्यै परिश्रमी थियो । उसको सेवाबाट लाभ नै हुने ठानी एउटा उद्योगले अस्थायी रुपमा केही भत्ता दिने शर्तमा उसलाई काममा लगायो । तर आफ्नै साथीहरुको तुलनामा उसको नियुक्ति आर्थिक दृष्टिले कमजोर थियो ।

ऊ उदास हुन थाल्यो । सबैले उसको भाग्यलाई दोष दिए, तैपनि उसले हिम्मत हारेन । एउटा नामी औद्योगिक संस्थाले अचानक त्यस शिक्षण संस्थामा सम्पर्क गरेर जस्तो व्यक्ति माग गर्‍यो, त्यो ठ्याक्कै त्यही युवकसँग मिल्ने खालको थियो ।

उसले आफ्नो योग्यता अनुसारको काम र तलब पायो । फरक एउटै मात्र थियो, उसको नियुक्ति अन्य साथीको तुलनामा धेरै उच्चस्तरको थियो । तलब र सामाजिक प्रतिष्ठा, दुवै दृष्टिले ऊ सबै साथीभन्दा श्रेष्ठ हुन गयो ।

कहिलेकाहीँ अनुकूल समयको लागि प्रतीक्षा गर्नुपर्छ ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गपुस्तकबाट

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ११ : ४९ बजे

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू) 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

पाटन– नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘संसदीय सचेतना

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिंकर उत्पादन सुरु

बागमती– लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित