बेलायतको प्लाइमाउथमा गोली चल्यो, तीन बर्षीया बालिकासहित तीन जनाको मृत्यु « Khabarhub

बेलायतको प्लाइमाउथमा गोली चल्यो, तीन बर्षीया बालिकासहित तीन जनाको मृत्यु


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन (एएफपी)- बेलायतको दक्षिणपश्चिमी शहर प्लाइमाउथमा एक व्यक्तिले चलाएको गोली लागी एक बालिकासहित कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

घटनाको बेलायती प्रहरीले पुष्टि गरेको छ । प्रहरीले भनेको छ, “बिहीबार राति एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएको र उक्त घटनामा मारिनेमा एक तीन बर्षीया बालिका, उनका दुई आफन्त रहेका छन् भने अन्य दुई छिमेकी सामान्य घाइते भएका छन् ।”

बेलायतमा ११ वर्षमा पहिलोपटक भएको समूह लक्षित गोलीकाण्ड भएको हो ।

डेवन एण्ड कर्नवाल प्रहरीका अनुसार २२ वर्षीय हत्यारा जेक डेभिसनले तीन बर्षीया बालिका, उनका आफन्त र अन्य तीन व्यक्तिलाई गोली हानेपछि आफूलाई पनि गोली हानेका प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ ।

घटनामा घाइते भएका दुबै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ६ : ४० बजे

वैदेशिक सहायता राष्ट्रिय प्रणाली र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाललाई प्राप्त हुने वैदेशिक सहायता

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप