आगामी निर्वाचनसम्म वर्तमान गठबन्धनलाई कायम राख्ने प्रचण्डको प्रस्ताव « Khabarhub

आगामी निर्वाचनसम्म वर्तमान गठबन्धनलाई कायम राख्ने प्रचण्डको प्रस्ताव


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्तारुढ गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनसम्म कायम राख्ने प्रस्ताव अघि सारेका छन् ।

शनिबारदेखि काठमाडौँमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा आगामी निर्वाचनसम्म वर्तमान सत्तारुढ गठबन्धनलाई कायम राख्ने प्रस्ताव राखेका हुन् ।

केपी शर्मा ओलीविरुद्धको गठबन्धन लोकतान्त्रिक प्रणाली, संविधान र स्थायित्व तथा सुशासनका लागि भएकाले आउने चुनावसम्म कायम राख्ने प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।

आफ्नो प्रस्तावमा प्रचण्डले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा माओवादीलाई नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने समेत योजना अघि सारेका छन् । उनले ओलीबाहेकका कम्युनिस्टहरुको एकीकरण गर्ने समेत बताएका छन् ।

ओलीले प्रधानमन्त्री पदमा पुग्न र निरंकुश बन्नका लागि मात्र पार्टी एकता गरेको क्रमशः प्रष्ट हुँदै गएको भन्दै प्रचण्डले आफ्नो प्रस्तावमा भनेका छन्, ‘उनले पार्टी एकताको सैद्धान्तिक, राजनीतिक र वैधानिकताको मूल मर्ममाथि नै निरन्तर प्रहार गर्ने काम गरे ।’

संविधानको रक्षा, लोकतन्त्रको संस्थागत, संघीयताको पूर्ण कार्यान्वयन, प्रतिगमनलाई पूर्ण रुपमा परास्त गर्ने, र शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता जस्ता जिम्मेवारी गठबन्धनसामू रहेको उनले बताएका छन् । प्रचण्डले आफ्नो दस्तावेजमा अघि भनेका छन्, ‘कम्तीमा आगामी निर्वाचनसम्म कायम राख्ने पार्टीको नीति हुनेछ ।’

प्रचण्डले आफ्नो प्रतिवेदन मूल रुपमा ओलीविरुद्ध केन्द्रित गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ४ : ०४ बजे

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटियो

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे क्षेत्रमा पार्किङ गरिएको विद्युतीय कारभित्र

माछाका भुरा र खाने माछा बिक्रीबाट मत्स्य विकास केन्द्रको राजस्व बढ्यो

नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले माछाका भुरा

जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार माझी पक्राउ

जनकपुरधाम– गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट

धर्मेन्द्र प्रधानको रजीनामापछि कांग्रेस नेताको टिप्पणी- ‘अ डे लेट एन्ड अ डलर सर्ट’

काठमाडौं- भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आएलगत्तै प्रमुख प्रतिपक्षी