‘प्रहरी हौं’ भन्दै ठगी गर्ने पक्राउ « Khabarhub

‘प्रहरी हौं’ भन्दै ठगी गर्ने पक्राउ


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

झापा– प्रहरी हौँ भन्दै ठगी गर्ने दुई जना झापाबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा कन्काई ७ का ४० वर्षीय विकास उप्रेती र विर्तामोड ३ का ३२ वर्षीय टीका खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले विर्तामोडका एक व्याक्तिले लागुऔषधको कारोवार गर्छ भन्दै धम्क्याएर रकम असुल्दै आएका थिए । सोही परिवारको उजुरीका आधारमा उनीहरू पक्राउ परेका छन् ।

यस्तो थियो घटना :

उनीहरूले गत साउन ११ गते विर्तामोड ५ जत्रुबारीका नयनसरी राजवंशीको घरमा ठगी गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता, प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार उनीहरूले ‘हामी सादा पोसाकका प्रहरी हौं तपाईको छोरो लागुऔषध खाने बेच्ने गर्छ र डिलर पनि हो’ भन्दै धम्क्याएका थिए ।

सो क्रममा आफ्नो छोरालाई जोगाउने २० हजार रुपैयाँ दिन र नदिए मुद्दा चलाउने बताएका थिए । त्यस क्रममा १ हजार १ सय रुपैयाँ लिएर बाँकि लिन पुनः आउने भन्दै उनीहरू गएका थिए । तर ३ दिन पछि साउन १४ गते राती सोहि घरमा पुगेर आफुहरूका बारेमा किन हल्ला गरेको भन्दै धम्क्याएका थिए ।

त्यस क्रममा उनीहरूले लागुऔषधको कारोवारी भनि आरोप लगाएका २५ वर्षीय विशाल राजवंशीलाई कुटपिट समेत गरेका थिए ।

कुटपिट पछि राजवंशीले साउन २२ गते ईलाका प्रहरी कार्यालय अनारमनीमा घटना बारे निवेदन दिएकी थिईन् । निवेदन पछि खोजी गर्ने क्रममा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरू माथि अभद्र ब्यवहार मुद्दा शिर्षकमा थप अनुसन्धान कार्य भईरहेको छ ।

बैदेशीक रोजगारीका नाममा ठग्ने पक्राउ

बैदेशीक रोजगारीका नाममा ठगी गरि वैदेशीक रोजगार न्याधीकरणबाट दोषि ठहर भई सकेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । २०७२ साले जेष्ठ १७ गते जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहँदै आएकी झापा विर्तामोड ६ की ४८ वर्षीया उर्मीला पन्दाकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सर्वोच्च अदालतको निर्देशन अनुसार गठित फैसला कायान्वयन ईकाईबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । न्याधीकरणले उनलाई १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ३ : ३० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र