अध्यक्ष तिमिल्सिनाद्वारा कपिलवस्तु जिल्ला कारागार अवलोकन « Khabarhub

अध्यक्ष तिमिल्सिनाद्वारा कपिलवस्तु जिल्ला कारागार अवलोकन


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जिल्ला कारागार कपिलवस्तुको अवलोकन भ्रमण गरेका छन् ।

निरंकुश पञ्चायत शासन विरुद्धको आन्दोलनलका क्रममा चार वर्ष जेल बसेका अध्यक्ष तिमिल्सिना विसं २०४२ देखि २०४४ सालसम्म १८ महिना कपिलवस्तु कारागारमा बिताएका थिए ।

आफूले जेल जीवन बिताएको कारगार र अहिले कैदी बन्दीको रुपमा रहेकाको अवस्था बुझ्न कपिलवस्तु आएको उनले बताए ।

पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सचिव रहँदा गिरफ्तार भइ शान्ति सुरक्षा अन्तर्गत राजबन्दीका रुपमा अध्यक्ष तिमिल्सिना पोखरा, तौलिहवा, भैरहवा, वीरगन्ज, काठमाडौंको केन्द्रीय भद्रगोल कारागार र नख्खु जेल गरी चार वर्ष जेल बसेर २०४६ सालमा रिहा भएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले आफू जेल बसेको समयभन्दा अहिलेको अवस्था सुधार भएको पाइएको बताए । उनले कारागारलाई बिस्तारै सुधार गृहको रुपमा विकास गर्नुपर्ने बताउँदै कैदीहरुलाई शिक्षा तथा सीप सिकाउनुपर्ने बताए ।

कपिलवस्तु कारागारको थप सुधारका लागि सरकार समक्ष पहल गर्ने उन‍ले बताए । अवलोकनका क्रममा उनले कैदी बन्दीका लागि मास्क उपलब्ध गराएका थिए ।

३५२ जना क्षमता भएको कपिलवस्तु जेलमा हाल ४५२ जना कैदी बन्दी रहेको कपिलवस्तु कारागार प्रमुख राकेश पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  २ : ४३ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर