देशभर २ हजार ६२४ संक्रमित थपिए, २० जनाको मृत्यु « Khabarhub

देशभर २ हजार ६२४ संक्रमित थपिए, २० जनाको मृत्यु


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा थप २० संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ६६७ जनाको पीसीआर परीक्षणमा १ हजार ९४७ र ४ हजार ९०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६७७ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कुल संक्रमितको संख्या ८ लाख ५ हजार १९० पुगेको छ । जसमा पीसीआर परीक्षणबाट पोजेटिभ देखिएकाको संख्या ७ लाख ३० हजार ४७९ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३२० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३९ हजार ४०५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा ७९५ कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयले शनिबार सार्वजिनक गरेको तथ्यांक अनुसार काठमाडौँमा ५३५, भक्तपुरमा ९६ र लिलतपुरमा १६५ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैबीच नेपालमा थप २० कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार आजसम्म नेपाल १० हजार २५९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ४ : ३० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्