अहंकारी प्रवृत्तिले एमालेप्रतिको जनविश्वास गुम्यो, हाम्रो लागि मैदान खाली छ : माधव नेपाल « Khabarhub

अहंकारी प्रवृत्तिले एमालेप्रतिको जनविश्वास गुम्यो, हाम्रो लागि मैदान खाली छ : माधव नेपाल


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी बनाउने विषय बाध्यताको कुरामात्र भएको बताएका छन् ।

शनिबार काठमाडौँमा नेकपा एमाले वाग्मती प्रदेश सम्पर्क संगठन कमिटीको प्रशिक्षण कार्यक्रममा नेता नेपालले अर्को पार्टी बनाउन चाहन्छन् भन्ने नभएर बाध्यताको कुरा मात्र भएको बताएका हुन् ।

उनले अब प्रदेशदेखि तल्लो तहसम्म समानान्तर कमिटी बनाउने कामलाई तीव्र गतिमा अघि बढाइने धारणा राखे । नेता नेपालले एमालेभित्र रहेको गलत र अहंकारी प्रवृत्तिले जनविश्वास गुमेको भन्दै आफ्ना लागि मैदान खाली रहेको उल्लेख गरे ।

अपमान सहेर एकता नहुने र त्यस्तो अवस्थामा असहज बाटो लिनु बाध्यता हुने उनको भनाइ छ । उनले पार्टीको प्रत्येक घटनाक्रम हेर्दा अध्यक्ष ओलीले पार्टी विभाजन चाहेको आरोप लगाए । नेता नेपालले समाजवादको लक्ष्य बोकेको कम्युनिष्ट पार्टीले सत्तामा पुगेपछि आफ्नो जिम्मेवारी भुलेको र अवसरवादको कारण कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको बताए ।

उनले एकताका लागि अत्यन्त प्रयत्न गरेका वामदेव गौतमको जस्तो अवस्था पार्टीभित्र आफूले व्यहोर्न नसक्ने स्पष्ट पारे । पार्टीभित्र ओलीले एकतर्फी रुपमा आफ्नो गतिविधि अगाडी बढाउँदै लगेको र एकताका लागि गम्भीर बन्न नसकेको आरोप पनि नेता नेपालले लगाए ।

कार्यक्रममा नेता नेपालले एमाले वाग्मती प्रदेश सम्पर्क संगठन कमिटीका सदस्यहरुलाई सपथ खुवाएका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ५ : २६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर