कांग्रेस बैठक : महाधिवेशनको नयाँ मिति सर्वसम्मतिमै टुंग्याउन सुझाव « Khabarhub

कांग्रेस बैठक : महाधिवेशनको नयाँ मिति सर्वसम्मतिमै टुंग्याउन सुझाव


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले सर्वसम्मतिमै महाधिवेशनको नयाँ कार्यतालिकाको टुङ्गो लगाउने जनाएको छ ।

शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा नयाँ कार्यतालिकाका विषयमा केन्द्रीय सदस्यहरुले धारणा राखेको र धारणा राख्ने क्रम सकिएपछि परिमार्जित कार्यतालिका पेश हुने तथा सर्वसम्मतले पारित हुने प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।

१४ औं महाधिवेशनको नयाँ कार्यतालिकाको विषयमा सदस्यहरुले आफ्नो धारणा राखिरहेको उनले बताए । त्यस्तै महाधिवेशन निर्वाचन निर्देशिकाको विषयमा पनि धारणा राख्ने क्रम जारी रहेको र यसलाई पनि आवश्यक परिमार्जन गरिने शर्माले बताए ।

बैठकमा सदस्यहरुले अफगानस्तानको घटनाक्रमले नेपाली कामदारलाई पर्नसक्ने असर, बेलायती भूतपूर्व गौर्खा सैनिकको विषय, ईपीएस परीक्षा पास गरेर कोरिया जान नपाएका नेपाली युवालगायतका विषयमा पनि प्रधानमन्त्री समेत रहेका सभापति देउवाको ध्यानाकर्षण गराइएको प्रवक्ता शर्माले जानकारी दिए ।

उनले आमन्त्रित केन्द्रीय सदस्यहरुले राजीनामा दिँदै गर्दा उठाएका विषयलाई पनि सम्बोधन गरिने बताए ।

भदौ १६ देखि १९ गतेसम्मका लागि निर्धारित १४ औँ महाधिवेशन सार्ने सम्बन्धमा काँग्रेसभित्र मतभेद छ । संस्थापन पक्षबाट आउँदो मंसिरभित्र महाधिवेशन गर्ने गरी धारणा आइरहेको छ भने संस्थापन इत्तर समूहले असोजमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ५ : ५३ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण