धावक वैकुण्ठ मानन्धरलाई लाइफ टाइम अचिभ्मेन्ट अवार्ड « Khabarhub

धावक वैकुण्ठ मानन्धरलाई लाइफ टाइम अचिभ्मेन्ट अवार्ड


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत म्याराथनका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्डबाट शनिबार सम्मानित भएका छन् ।

डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनले मानन्धरलाई नेपाली खेलकुदमा पुर्‍याएको योगदानको कदर गर्दै ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरेको हो ।

सागको लगातार तीन संस्करणमा स्वर्ण जित्ने मानन्धर पहिलो नेपाली खेलाडी हुन् । उनले शुरूका तीन संस्करणको म्याराथनमा स्वर्ण जितेका थिए । १९८७ मा भारतको कोलकातामा भएको तेस्रो सागमा वैकुण्ठले स्वर्ण जित्ने क्रममा निकालेको २ घण्टा १५ मिनेट ०३ सेकेन्डको समय सागको १३ औं संस्करणको समाप्तिसम्म कसैले तोड्न सकेको छैन ।

विश्व खेलकुदको सबैभन्दा ठूलो खेल महोत्सव ओलम्पिक सर्वाधिक खेल्ने नेपाली खेलाडीको सूचीमा मानन्धर सबैभन्दा अगाडि छन् । उनले ओलम्पिकको चार संस्करणमा नेपालको प्रतिनिधित्व गरेका छन् ।

फाउन्डेसनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठ तथा पूर्व धावक एवं गीतकार बुद्धवीर लामाले मानन्धरलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

सोही अवसरमा कलाकारत्रय भ्वाइस अफ नेपाल सिजन थ्रीका विजेता किरण गजमेर, गायिकका टीका लामिछाने र गीतकार-संगीतकार खेम रिजाल तथा समाजसेवी रुद्र बानियाँलाई प्रतिभा सम्मान पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ७ : २० बजे

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ – बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको