बहराइनमा आन्दोलनरत नेपाली स्वदेश फर्कन चाहे सेवा सुविधा दिएर पठाइने « Khabarhub

बहराइनमा आन्दोलनरत नेपाली स्वदेश फर्कन चाहे सेवा सुविधा दिएर पठाइने


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- बहराइनको नासिर सिड अल हाजरी कर्पोरेसन (एनएसएच) कम्पनीमा आन्दोलनरत नेपाली कामदारलाई स्वदेश फर्कन चाहेको खण्डमा सेवासुविधासहित कम्पनीले फिर्ता पठाउने भएको छ ।

बहराइनस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै कम्पनी व्यवस्थापकसँग भएको विवादपछि स्वदेश फर्कन चाहने नेपाली कामदारले स्वदेश फिर्तीका लागि नयाँ क्याम्पमा स्थानान्तरण गरिएको पनि जनाएको छ ।

आइतबार अर्थात् १२ सेप्टेम्बरमा दूतावासका कर्मचारी, बहराइनको श्रम मन्त्रालय तथा आन्तरिक मन्त्रालयका पदाधिकारी तथा सुरक्षाकर्मी , सम्बन्धित कम्पनीका पदाधिकारीको रोहवरमा श्रमिकहरूलाई घर फिर्तीको सहजिकरणको लागि नयाँ क्याम्पमा स्थानान्तरण गरिएको हो ।

दूतावासका अनुसार उक्त क्याम्पमा कामदारहरूले नियमानुसार प्राप्त गर्नुपर्ने सेवा, सुविधाहरू सम्बन्धमा हिसाब फर्छौट गरि चाँडै नेपाल पठाइने जनाएको छ ।

गत मंगलबार मध्याह्न खाना खाइरहेका बेला एक श्रमिक अचानक ढले पनि तत्काल अस्पताल नलैजादा ती श्रमिकको मृत्यु भएको भन्दै कम्पनीविरूद्ध आन्दोलन चर्किएको छ । कम्पनीमा खाना राम्रो नभएको, बिरामी हुँदा समयमा उपचार नपाएको लगायतका माग राखेर कम्पनीमा कार्यरत करिव ७ सय नेपाली तथा अन्य देशका कामदारहरु आन्दोलनमा उत्रिएका थिए ।

यता, गैरआवासीय नेपाली संघ (एनआरएनए) बहराइनले पनि एक सूचना जारी गर्दै एनएसएच कम्पनीमा आन्दोलनरत नेपाली कामदारलाई संयमित रहन कम्पनीको नियम कानूनको परिधिमा रहन भनेको छ ।

साथै,एनआरएनएले कुनै मञ्जुरीनामा वा करार पत्रमा हस्ताक्षर गर्नुपर्ने अवस्था आएमा राम्रोसंग अध्ययन गरेर मात्र हस्ताक्षर गर्न सुझाव दिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ९ : १५ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने