कोभिड खोपः कुन देशका बालबालिकालाई कस्तो खोप ? « Khabarhub

कोभिड खोपः कुन देशका बालबालिकालाई कस्तो खोप ?


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- १८ वर्षमाथिका आफ्ना अधिकांश नागरिकलाई खोप लगाएका  विभिन्न देशले बालबालिकालाइ पनि खोप अभियान शुरू गरिसकेका छन् ।

अमेरिकामा ६ महिनादेखि नै बालबालिकामा खोप लगाउन थालिएको थियो भने वेलायतले अब सुरु गर्दैछ ।

प्रमुख स्वास्थ्य अधिकारीहरूको सल्लाहपछि बेलायतका १२ देखि १५ वर्षका बालबालिकाले फाइजरको एक डोज लगाउने भएका हुन् । खोप विकासमा नयाँ फड्को मारेको चीनले तीन वर्षदेखि १८ वर्ष समूहका व्यक्तिलाई लक्षित गरी  खोप तयार गरेको छ ।

के हुँदैछ युरोपमा ?

युरोपको मेडिकल निकाय इएमएले यही मेमा १२ देखि १५ वर्षका बालबालिकालाई फाइजरको खोप अनुमति दिएपछि युरोपेली देशका बालबालिकामा खोप अभियान जारी छ ।

डेनमार्क र स्पेनका अधिकांश बालबालिकाले खोप लगाइसकेका छन् ।  फ्रान्समा १२ देखि १७ वर्ष उमेर समूहका ६६ प्रतिशतले पहिलो डोज लगाएका छन् भने ५२ प्रतिशतले पूर्णखोप लगाएका छन् । अक्टोबरसम्म १२ देखि १८ वर्षसम्मका सबैलाई खोप लगाउने सरकारको लक्ष्य छ ।

जर्मनीका स्वास्थ्य विज्ञले जुनमा १२ देखि १५ वर्षका बालबालिकालाई खोप लगाउन सुझाएका थिए । स्वीडेन र नर्वेमा पनि बालबालिकामा खोप अभियान सुरु गरिएको छ ।

मेमा अमेरिका र क्यानडाले १२ वर्षमाथिका बालबालिकालाई फाइजर दिन सकिने जनाएको थियो । अमेरिकामा कतिपय बालबालिकालाई पहिलो डोज फाइजर र दोस्रो डोज मोडेर्ना दिईएको छ । डेल्टा भेरिअन्ट फैलिएसँगै अमेरिकाले खोप अभियान तीब्र पारेको छ ।

चीनमा तीन वर्षमाथिकाले लगाउन सक्ने

चीनले तीनदेखि १७ वर्षका बालबालिकालाई सिनोभ्याक लगाउन अनुमति दिएको छ ।

चीनमा कोभिड खोप अनिवार्य बनाइएको छ । पूर्ण खोप लगाएका व्यक्तिका सन्तान मात्र विद्यालय जान पाउँछन् । चिली सरकारले ६ देखि १७ वर्षका बालबालिकालाइ खोप लगाउन अनुमति दिएको छ । तर, खोप कार्यक्रम सुरु भएको छैन् ।

कोरोनाबाट प्रभावित भारतमा यही अगस्टमा स्थानीय औषधि कम्पनीले तयार पारेको खोपले १२ वर्षमाथि किशोर किशोरीका लागि अनुमति पाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ११ : १५ बजे

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूलो परिमाणको

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले