हेमन्तको गीतमा रमायो बाल्टिमोर « Khabarhub

हेमन्तको गीतमा रमायो बाल्टिमोर


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सांगीतिक कार्यक्रमका लागि अमेरिका जाने नेपाली गायकगायिकाका लागि बाल्टिमोर अनिवार्य उपस्थिति झैं भइसक्यो । अमेरिका पुग्ने जोकोही सांगीतिक स्रष्टा बाल्टिमोरमा कार्यक्रम गर्न छुटाउदैनन् ।

कोरोनाका कारण सुनसान बनेको यो सहर गत आइतबार संगीतमय बन्यो । लामो समयदेखि अमेरिकामा बस्दै आएकी लोक गायिका सिर्जना बिरही थापाको संयोजनमा भएको सांगीतिक कार्यक्रममा नेपालबाट पुगेका गायक हेमन्त शर्मा र पुरुषोत्तम न्यौपानेले आफ्ना लोकप्रिय गीत सुनाए ।

कार्यक्रममा गायक भगवान भण्डारी, राजन ठकुरी, लोकगायिका सिर्जना बिरही थापाले पनि सांगीतिक माहोल तताएका थिए । ‘सगरमाथा सांगीतिक साँझ’ नाम दिइएको कार्यक्रममा नेपालीको बाक्लो उपस्थिति थियो ।

लोकगायक प्रेमराजा महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले दुई टुक्रा गीत गाएका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १० : ५७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल