पाण्डे र भट्ट समाजवादीमा जान पाउने कि नपाउने ? सर्वोच्चले गर्दै छिनोफानो « Khabarhub

पाण्डे र भट्ट समाजवादीमा जान पाउने कि नपाउने ? सर्वोच्चले गर्दै छिनोफानो


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुन पाउनुपर्ने एमालेका दुई सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतले न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकेको हो । प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै समाजवादी पार्टीमा आबद्ध हुन पाउनुपर्ने अन्तरिम आदेश माग गरेका छन् ।

रिटमा आइतवार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मिरा खड्काको एकल इजलासले अन्तरिम आदेश दिने/नदिनेबारे छलफल गर्न आज दुबै पक्षलाई बोलाउँदै त्यतिञ्जेल कारवाही नगर्न अन्तरिम आदेश दिएको थियो ।

आदेशअनुसार आज खतिवडा र सुवेदीको इजलासमा समाजवादीमा जान पाउने वा एमालेमै रहने भन्ने दुबै पक्षको सुनुवाइपश्चात छिनोफानो हुनेछ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ११ : २४ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक