पाण्डे र भट्ट समाजवादीमा जान पाउने कि नपाउने ? सर्वोच्चले गर्दै छिनोफानो « Khabarhub

पाण्डे र भट्ट समाजवादीमा जान पाउने कि नपाउने ? सर्वोच्चले गर्दै छिनोफानो


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुन पाउनुपर्ने एमालेका दुई सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतले न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकेको हो । प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै समाजवादी पार्टीमा आबद्ध हुन पाउनुपर्ने अन्तरिम आदेश माग गरेका छन् ।

रिटमा आइतवार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मिरा खड्काको एकल इजलासले अन्तरिम आदेश दिने/नदिनेबारे छलफल गर्न आज दुबै पक्षलाई बोलाउँदै त्यतिञ्जेल कारवाही नगर्न अन्तरिम आदेश दिएको थियो ।

आदेशअनुसार आज खतिवडा र सुवेदीको इजलासमा समाजवादीमा जान पाउने वा एमालेमै रहने भन्ने दुबै पक्षको सुनुवाइपश्चात छिनोफानो हुनेछ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ११ : २४ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने