एकीकृत समाजवादीको गण्डकी अध्यक्षमा गुरुङ « Khabarhub

एकीकृत समाजवादीको गण्डकी अध्यक्षमा गुरुङ


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेश अध्यक्षमा कास्कीका तुलबहादुर गुरुङ चयन भएका छन् । आइतबार भएको प्रदेशस्तरीय बैठकले गुरुङलाई अध्यक्षमा चयन गरेको हो ।

उनको अध्यक्षतामा गण्डकीमा एक सय ३५ सदस्यीय प्रदेश कमिटी पनि गठन भएको छ । प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको अध्यक्षतामा गण्डकीबाट प्रतिनिधित्व गर्ने १४ केन्द्रीय सदस्यहरूको बैठकले यो निर्णय गरेको हो ।

सचिवमा तनहुँका प्रतापलाल श्रेष्ठ र उपसचिवमा कास्कीकै श्रीनाथ बराल चयन भए । उपाध्यक्ष र महिला उपसचिव भने खाली राखिएको छ । अहिले नयाँ पार्टीको जिल्लास्तरीय कार्यक्रम भइरहेको छ । संगठन विस्तार र प्रशिक्षण चलिरहेको नवनिर्वाचित उपसचिव बरालले बताए ।

‘अब सबै जिल्ला, पालिका हुँदै वडा तहसम्मको कमिटी गठन र पार्टी कार्यालय स्थापना हुन्छन्,’ उनले भने, ‘प्रशिक्षण चलिरहेको छ । जिल्लास्तरीय बैठक भइरहेका छन् ।’ बरालका अनुसार ३ असोजमा अध्यक्ष माधवकुमार नेपालले पोखरामा प्रदेशस्तरीय र जिल्ला पार्टी कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १२ : ४० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका