लसएञ्जल्समा भेटिइन् अभिनेत्री तान्या « Khabarhub

लसएञ्जल्समा भेटिइन् अभिनेत्री तान्या


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बीबीसी)– गत साताबाट हराइरहेकी ब्रिटिस अभिनेत्री तान्या फियर लसएञ्जल्समा भेटिएकी छन् । लसएञ्जल्स पुलिस डिपार्टमेन्टका अनुसार ३१ वर्षीया अभिनेत्री सुरक्षित छिन् । उनको बारेमा अन्य केही जानकारी प्रहरीले दिएको छैन ।

अभिनेत्रीको परिवारले एक विज्ञप्ती जारी गर्दै तान्या भेटिएकोमा तनावमुक्त रहेको र प्रहरी धन्यवादको पात्र रहेको उल्लेख गरेका छन् ।

फियरले सन् २०१८ मा बीबीसीयको साइन्स फिक्सन ड्रामा ‘डक्टर हु’मा अभिनय गरेकी थिइन् । परिवारका अनुसार उनी गत वर्ष बिहीबार अन्तिमपटक देखिएकी थिइन् ।

तान्याको खोजीका लागि ट्वीटरमा चलाइएको ‘ह्यासट्यागफाइण्डतान्याफियर’का अनुसार परिवारबाट छुटेर उनी हलिउड बल अपार्टमेन्टमा देखिएकी थिइन् । जहाँ उनले आफ्नो मोबाइल र वालेट बोकेकी थिइनन् ।

उनको अंकलले तान्या वेपत्ता भएपछि परिवार चिन्तामा डुबेको बताएका थिए । यो ह्याण्डलले मंगलबार प्रहरी र तान्याको खोजीमा सक्रिय स्थानीयलाई धन्यवाद दिएको छ । ‘हामी बुझ्छौं कि उनलाई शारीरिक रुपमा पीडा भएको छैन । तर पनि हामीले उनको स्वास्थ्य अवस्थाबारे बुझ्न स्थानीय अस्पताल लागेका छौं’, ह्याण्डलले भनेको छ ।

तान्याको वास्तविक नाम तान्याराज्वा फियर हो । उनले टेलिभिजनको ‘स्पटलेस’, ‘इण्डइभोर’, ‘डीसीआइ बैंक’ र ‘मिडसोमर मर्डस’मा अभिनय गरेकी थिइन् । तान्याले फिल्म ‘किक–एस २’मा पनि अभिनय गरेकी छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १२ : ५१ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय