पार्टी फुटेको रिस सभामुखमाथि पोखियो : मन्त्री भुसाल « Khabarhub

पार्टी फुटेको रिस सभामुखमाथि पोखियो : मन्त्री भुसाल


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संसद अवरुद्ध गर्ने कार्य नाजायज भएको बताउँदै नेकपा एमाले त्यसतर्फ गम्भीर हुनुपर्ने बताएकी छिन् ।

नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले आज बेलचौतारामा आयोजना गरेको कार्यकर्ता भेलामा उनले सो कुरा बताएकी हुन् ।

सभामुख अग्नि सापकोटाले कानूनको प्रयोग गरेको उल्लेख गर्दै उनले अन्यको रिस सभामुखमाथि थोपर्न नहुने बताइन् ।

“पार्टी फुटेको रिस नेकपा एमालेले अहिले सभामुखमाथि प्रयोग गरेको छ, यो राम्रो होइन”, उनले भनिन् ।

उनले केही दिनभित्रमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइत् ।  मन्त्री भुसालले भनिन्, “दुई महिनादेखि मन्त्रिपरिषद् अपूर्ण छ, यही भदौं ३० गते संसद्बाट बजेट पास भएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।”

उनले वर्तमान सरकारले जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सङ्गठन विस्तारमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरिन् ।

मन्त्री भुसालले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन लाग्नुपर्नेमा जोड दिइन् । उनले वर्तमान निर्वाचन प्रणालीका कारण एउटै पार्टीको बहुमत नआउने स्थिति देखिएकाले चुनावमा अरु पार्टीसँग पनि गठबन्धन गरिने उल्लेख गरिन् ।

“अरु पार्टीको भर पर्नुभन्दा पनि आफैँ सुदृढ भएर अगाडि बढ्नुपर्छ”, उनले भनिन्, “माओवादीलाई ठूलो पार्टी बनाउन अहिलेदेखि नै लाग्नुपर्छ ।”

कार्यक्रममा राष्ट्रियसभा सदस्य दीनानाथ शर्मा, गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालालगायत सहभागी भएका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ९ : ०१ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा