पार्टी फुटेको रिस सभामुखमाथि पोखियो : मन्त्री भुसाल « Khabarhub

पार्टी फुटेको रिस सभामुखमाथि पोखियो : मन्त्री भुसाल


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संसद अवरुद्ध गर्ने कार्य नाजायज भएको बताउँदै नेकपा एमाले त्यसतर्फ गम्भीर हुनुपर्ने बताएकी छिन् ।

नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले आज बेलचौतारामा आयोजना गरेको कार्यकर्ता भेलामा उनले सो कुरा बताएकी हुन् ।

सभामुख अग्नि सापकोटाले कानूनको प्रयोग गरेको उल्लेख गर्दै उनले अन्यको रिस सभामुखमाथि थोपर्न नहुने बताइन् ।

“पार्टी फुटेको रिस नेकपा एमालेले अहिले सभामुखमाथि प्रयोग गरेको छ, यो राम्रो होइन”, उनले भनिन् ।

उनले केही दिनभित्रमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइत् ।  मन्त्री भुसालले भनिन्, “दुई महिनादेखि मन्त्रिपरिषद् अपूर्ण छ, यही भदौं ३० गते संसद्बाट बजेट पास भएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।”

उनले वर्तमान सरकारले जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सङ्गठन विस्तारमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरिन् ।

मन्त्री भुसालले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन लाग्नुपर्नेमा जोड दिइन् । उनले वर्तमान निर्वाचन प्रणालीका कारण एउटै पार्टीको बहुमत नआउने स्थिति देखिएकाले चुनावमा अरु पार्टीसँग पनि गठबन्धन गरिने उल्लेख गरिन् ।

“अरु पार्टीको भर पर्नुभन्दा पनि आफैँ सुदृढ भएर अगाडि बढ्नुपर्छ”, उनले भनिन्, “माओवादीलाई ठूलो पार्टी बनाउन अहिलेदेखि नै लाग्नुपर्छ ।”

कार्यक्रममा राष्ट्रियसभा सदस्य दीनानाथ शर्मा, गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालालगायत सहभागी भएका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ९ : ०१ बजे

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा