त्यागलाई कमजोरी ठानियो भने परिणाम अर्कै हुन्छ : भीम रावल « Khabarhub

त्यागलाई कमजोरी ठानियो भने परिणाम अर्कै हुन्छ : भीम रावल


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एमालेका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश समन्वय कमिटी संयोजक भीमबहादुर राववले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । मंगलबार धनगढीस्थित एमाले पार्टी कार्यालयमा कार्यकर्तासँग छलफल गर्दै रावलले व्यक्तिभन्दा पार्टी महत्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताए ।

तर, कसैले पाखा लगाउन खाेजेको खण्डमा भने त्यसको परिणाम राम्रो नहुने उनको चेतावनी छ । ‘एमाले बचाउनका लागि म मात्र हैन सबै कार्यकर्ता त्याग गर्न तयार हुनुपर्दछ‘, रावलले भने, ‘तर त्यागलाई कमजोरी ठानियो भने त्यसको परिणाम अर्कै हुनेछ, त्यो ठूलो गल्ति हुनेछ ।’

१० बुँदे सहमतिअनुसार रावल एमाले सुदूरपश्चिमको इन्चार्च हुनुपर्नेमा लेखराज भट्टलाई ओलीले इन्चार्जमा निरन्तरता दिएपछि रावल असन्तुष्ट छन् । एमाले २०७५ जेठ २ गते पहिलाको अवस्थामा फर्किएको भन्दै रावललगायतका नेताहरुले मावधकुमार नेपालको साथ छाडेर एमालेमै रहने निर्णय लिएका थिए । तर, ओलीले रावललाई सुदूरपश्चिम प्रदेशको इन्चार्जमा पुनःबहाली गर्न मानेका छैनन् ।

उनले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिनसमेत आग्रह गरे । यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड दिए । उनले अवसरवादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अत्रतत्र गएको बताए । लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता कार्यकर्ता एकताको पक्षमा रहँदा पटक–पटक जिम्मेवारी पाएका नेता प्रलोभनमा परेका बताए । न्यूज कारखानाको सहयोगमा

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ४ : ४२ बजे

अव्यवस्थित पार्किङ र साँघुरो सडकले मैनापोखरीमा बढ्यो दुर्घटनाको जोखिम

दोलखा– दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–५ स्थित मैनापोखरी बजारमा साँघुरो सडक

ईयू–क्यानाडा सहकार्य विस्तारको तयारी

स्ट्रासबर्ग – बदलिँदो विश्व परिस्थितिका बीच आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासस्वरूप

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन 

काठमाडौं – सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन