विविध कार्यक्रम गरी मनाइयो बाल दिवस (फोटोफिचर) « Khabarhub

विविध कार्यक्रम गरी मनाइयो बाल दिवस (फोटोफिचर)


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ५७ औँ राष्ट्रिय बाल दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा बालबालिकाको अधिकारका लागि काम गर्दै आइरहेका विभिन्न संघ संस्था तथा विद्यालयले विविध कार्यक्रमको आयोजना गरेका हुन् ।

दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागले वेबिनार माध्यमबाट नेपाली बालसहित्यको वर्तमान अवस्था विषयक विचार गोष्टी तथा प्रज्ञा बालकविता महोत्सव–२०७८ को आयोजना गरेको थियो ।

नेपाल बाल सङगठनद्वारा राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा आयोजित बाल कविता प्रतियोगितामा सहभागी भइ विजेता बनेकी दृष्टि कुलुङ राई आफनो कविता वाचन गर्दै । तस्वीर-रासस

महोत्सवमा स्वदेशबाट २७ र विदेशबाट १३ जना बालकविहरुद्वाारा कविता बाचन गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बालबालिकाको भविष्यले समाज र देशको भविष्य निर्धारण गर्ने बताए ।

उनले नेपालमा रहेका बालबालिकाको भविष्य उज्जवल बनाउन अभिभावक र अग्रजहरुले बहुआयामिक रुपमा उनीहरुलाई सही बाटो देखाउनुपर्ने धारणा राखे ।

नेपाल बाल संगठनद्वारा राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा आयोजित विभिन्न प्रतियोगितात्मक कार्यक्रममा सहभागी भइ विजेता भएकाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँग । तस्वीर- रासस

सरकारले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवस घोषणा गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । हरेक वर्ष बालदिवस मनाईदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार हुन नसकेको अधिकारकर्मी बताउँछन् ।

नेपाल बाल सङगठनद्वारा राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा आयोजित बाल कविता प्रतियोगितामा सहभागी भइ विजेता बनेकी दृष्टि कुलुङ राईलाई पुरस्कार प्रदान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर-रासस
बाल दिवसका अवसरमा मङगलबार घोराही उपमहानगरपालिकामा भएको कार्यक्रममा सहभागी बालबालिका । तस्वीर-रासस
बाल दिवसका अवसरमा बेनीस्थित म्याग्दी बालगृहका रहेका अनाथ बालबालिकाको स्वास्थ्य परीक्षण गरिँदै । तस्वीर-रासस

राष्ट्रिय बाल दिवसका अवसरमा  झापाको दमकमा भएको कार्यक्रमका केही तस्वीरहरु-

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ६ : ४४ बजे

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत