बेलायतको भिसा काठमाडौँबाटै जारी गर्न माग « Khabarhub

बेलायतको भिसा काठमाडौँबाटै जारी गर्न माग


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भिसा समस्याका कारण नेपाल–बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका छन् ।

बेलायतले नेपाली व्यवसायीलाई सहज र सरलरूपमा भिसा उपलब्ध गराए द्विपक्षीय व्यापारमा गुणात्मक वृद्धि हुने उनको भनाइ छ ।

महासङ्घले आज काठमाडौँस्थित बेलायती दूतावासको अन्तर्राष्ट्रिय व्यापार विभाग र भिसा तथा आप्रवासन विभागसँगको सहकार्यमा आयोजना गरेको ‘बेलायत भिसा र अध्यागमन’ विषयक भर्चुअल अन्तरक्रियामा उनले काठमाडौँस्थित बेलायती दूतावासबाटै निजी क्षेत्रका लागि यूके भिसा उपलब्ध गराउनुपर्ने आवश्यकतामा जोड दिए ।

“बेलायती भिसा हाल नेपालबाट प्रत्यक्ष उपलब्ध छैन, जसका कारण यहाँका भिसा आवेदकहरुलाई धेरै कठिनाइ र समस्याको सामना गर्नुपरिरहेको छ”, वरिष्ठ उपाध्यक्ष ढकालले भने, “यसरी हामी सरोकारवालाबीचको छलफलमा यो व्यवस्थाबाट उत्पन्न समस्यासँगै समाधानको खोजी हुनेछ भन्ने मेरो विश्वास छ र नेपाली आवेदकहरुका लागि पक्कै पनि सहज र सरलरूपमा भिसा उपलब्ध हुनेछ ।”

नेपाल र बेलायतबीच आर्थिक सम्बन्धको लामो इतिहास भए पनि द्विपक्षीय व्यापार र लगानीको अहिलेको अवस्था उत्साहजनक नरहेको वरिष्ठ उपाध्यक्ष ढकालले बताए । नेपाल र बेलायत दुवै मुलुकले आर्थिक सम्भावनाको पूर्ण क्षमताको अनुभूति गर्न नसकेको उनको भनाइ छ ।

सो अवसरमा ढकालले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क पेश गर्दै नेपालको वैदेशिक व्यापारमा बेलायततर्फ निकासीको हिस्सा एक दशमलव सात प्रतिशत र आयातमा बेलायतको हिस्सा शून्य दशमलव १६ प्रतिशत मात्र रहेको जानकारी दिए ।

नेपाल र बेलायतबीच रहेको दुई शताब्दी पुरानो द्विपक्षीय सम्बन्धलाई अबका दिनमा निजी क्षेत्रमार्फत उचाइमा पुर्‍याउन सकिने उनको विश्वास छ ।

नेपाल र बेलायतबीच निजी क्षेत्रको सहयोगको माध्यमबाट बलियो आर्थिक र व्यापार सम्बन्ध रहेको स्मरण गराउँदै उनले यसका लागि महासङ्घसहित ‘नेपाल–बेलायत उद्योग वाणिज्य सङ्घ’ले काम गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ८ : ४५ बजे

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई