नेपालीको हितमा हुने गरी मात्र एमालेले एमसीसीको विषयमा निर्णय लिन्छ : प्रवक्ता ज्ञवाली « Khabarhub

नेपालीको हितमा हुने गरी मात्र एमालेले एमसीसीको विषयमा निर्णय लिन्छ : प्रवक्ता ज्ञवाली


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले नेपाली जनताको हीतमा हुने गरी एमालेले एमसीसीको विषयमा निर्णय लिने बताएका छन् ।

मंगलबार एमाले जिल्ला कमिटी कपिलवस्तुले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोदन गर्दै ज्ञवालीले एमसीसी निर्णयमा कुनै हतार नगर्ने बताए ।

एमसीसी प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्व सरकारको पालामा सहमति भएको र सरकारले गरेको काम भएकाले मात्र आफूहरुले अगाडी बढाएको उनले दाबी गरे ।

एमसीसी पास गर्ने सरकारको दायित्व रहेको भन्दै सम्झौता राम्रो लाग्छ भने बहुमतले पारित गरेर देखाउन आग्रह समेत गरे । उनले आगामी निर्वाचनका जित्नका लागि कार्यकर्तालाई उत्कृष्ट काम गर्न निर्देशन समेत दिए ।

उनले एमालेमाथि देखिएको घेराबन्दी अस्थायी प्रकृतिको रहेको जिकिर गरे । कार्यक्रमममा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज गिरीधारीलाल न्यौपानेले पार्टी फुटे पनि स्थानीय स्तरको कार्यकर्ताले एमाले रोजेको टिप्पणी गरे ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ८ : ३० बजे

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा