दशैँमा मासु खाने सही तरिका « Khabarhub

दशैँमा मासु खाने सही तरिका


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशैँ भन्ने बित्तिकै मान्यजनको हातको टीका र आशिर्वाद पछि राम्रो खाने र राम्रो लाउने चाडको रुपमा मानिन्छ । दशैँको खानपानको विशेष महत्व छ । माछामासु खानेहरुकालागि मासु विनाको दशैँ खल्लो हुनसक्छ ।

दशैँमा खाने मासुमा खसीको मासु त्यसमा पनि पक्कु लोकप्रिय छ । त्यसबाहेक कुखुरा, रागा, बोका, च्याङ्ग्रा, हास, माछा लगायत थरीथरीका मासु खाने गरीन्छ । मासुमा केही पोषक तत्व हुन्छ । यसले हाम्रो शरीरमा आवश्यक पोषक तत्वको अभाव पुरा गर्छ । तर, मासु खादा ठिक्क र मज्जाले पाकेको मात्र खानु पर्दछ । अन्यथा बिरामी पर्न सकिन्छ ।

कसरी खाने मासु ?

क) दशैँमा मासु खादाँ एकै पटक धेरै नखाने साथै सागसब्जी, फलफूल, पानी र सलाद पनि संगै खानु पर्दछ । यसो गर्दा मासुका नकारात्मक असरहरु कम गर्न सकिन्छ । साथै कब्जियत हुनबाट पनि बच्न सकिन्छ ।

ख) दशैँमा सकेसम्म पोलेको मासु खानु हुदैँन । साधारण तरिकाले पकाएको वा उमालेको मासु स्वस्थकर हुन्छ ।

ग) कतिपयलाइ मासु नपच्ने हुन्छ । यस्तो भए दैनिक एक कचौरा दहीको सेवन गर्नु पर्दछ । यो विहान, खानापछि र दिउसोको समयमा खानु पर्दछ । यसले पाचनलाई राम्रो बनाउँछ ।

घ) मधुमेह, कोलेस्टेरोल, उच्च रक्तचाप भएका मानिसले तारेको खानेकुरा र खसिको मासु खानु हुदैँन । यस्तै बढी मासु खाँदा नुन बढी खाइने भएकाले यसले उच्च रक्तचापको समस्या हुन सक्छ । ग्यास्ट्रिकको समस्या भएकाले चिल्लो र पिरो कम खानु पर्दछ ।

ङ) बोसो कम सेवन गर्न चाहानेले कुखुराको भन्दा खसिको मासुबाट बोसो छुट्याएर प्रयोग गर्दा राम्रो हुन्छ । यस्ता मासुमा फ्याटभन्दा प्रोटिनको मात्रा बढी हुन्छ । यस्तै तौललाई कम गर्न चाहानाले मासुसंग भात/चिउरा कम र सलाद, साग बढि खानु पर्दछ ।

मासु मात्र होइन, शाकाहारी खानामा पनि मात्रा र स्वच्छतामा ख्याल गर्नुपर्ने हुन्छ । अन्यथा शाकाहारी खानाले पनि कतिपय अवस्थामा फाइदा भन्दा नोक्सानी हुन सक्छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  १० : ५० बजे

यी भूभागमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इक्वेडोरका खेलाडीको निन्द्रा बिगार्न मेक्सिकन प्रशंसकको हर्कत, फुटबल महासङ्घको उजुरी

काठमाडौँ – फिफा विश्वकप फुटबलको अन्तिम ३२ को निर्णायक खेलअघि

विश्वकप : मेसीको कीर्तिमान नजिक एमबाप्पे

काठमाडौँ – किलियन एमबाप्पेको दुई गोल तथा माइकल ओलिसेको उत्कृष्ट

एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा : ३–० ले पराजित स्विडेन विश्वकपबाट बाहिरियो

काठमाडौँ – किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनको मद्दतले स्विडेनलाई सहजै पराजित

हालान्डको निर्णायक गोलमा नर्वे विश्वकपको अन्तिम १६ मा : अब ब्राजिलसँग भिड्ने

काठमाडौँ – फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आइभरी कोस्टलाई पराजित गर्दै