साफ फुटबल : उपाधिका लागि नेपाल र भारत भिड्ने « Khabarhub

साफ फुटबल : उपाधिका लागि नेपाल र भारत भिड्ने


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साफ फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । भारत र नेपाल शीर्ष दुईमा रहँदै उपाधि नजिक पुगेका हुन् ।

बुधबार राति राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोलले हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो ।बुधबार नै भएको पहिलो खेलमा नेपालले बंगलादेशसँग बराबरी खेल्दै फाइनलमा स्थान बनाएको थियो ।

फाइनलमा नेपाललाई भारतसँग बदला लिने अवसरसमेत हुनेछ । राउण्ड रोबिङ लिग अन्तरगत पहिलो खेलमा नेपाल भारसँग १-० ले पराजित भएको थियो । अहिलेसम्म साफ फुटबलमा सात पटक च्याम्पियन बनेर सर्वाधिक सफल टिम रहेको भारतलाई हराउन नेपाललाई त्यति सहज भने हुने छैन । तथापि जितका लागि खेल्ने प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले जनाएका छन् ।

फाइनल खेल आइतबार अपराह्न ४:४५ बजे हुनेछ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ६ : ५९ बजे

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च