सांकेतिक तस्बिर

देश/प्रदेश

कुवेतमा नेपाली महिला मृत फेला

By खबरहब

November 14, 2021

दोहा- वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा कार्यरत एक नेपाली महिला मृत फेला परेकी छन् ।

कुवेतको फरवानियास्थित एक घरको बाथरुममा नेपाली महिला मृत फेला पारेको कुवेत प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ३२ वर्षीया नेपाली महिला बाथरुममा ताला लगाएको अवस्थामा मृत भेटिएकी छन् । ती महिलाको मृत्युको विषयमा फरवानिया प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

शवलाई फरेन्सिक ल्यापमा पठाइएको र ती महिलाको सम्भावित हत्याको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको परिचय खुलाइएको छैन ।