‘कात्तिक डबली’ मा आज देवी प्याखँ मञ्चन हुँदै « Khabarhub

‘कात्तिक डबली’ मा आज देवी प्याखँ मञ्चन हुँदै


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – कात्तिक नाचअन्तर्गत आज ‘कात्तिक डबली’ मा देवी प्याखँ मञ्चन हुने भएको छ । प्रत्येक वर्ष पाटन दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृत्य प्रदर्शन हुन लागिएको हो ।

देवी प्याखँमा आज उषाहरण लीलाअन्तर्गत आउने एक नृत्यको अंश देखाइने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए। उनले भने, “यसमा भैरव तथा कुमारी र महालक्ष्मीको नृत्य मञ्चन गरिनेछ ।” सो नाटकको दोस्रो चरणमा ‘द्योला’ अर्थात् मन्दिरको रेखदेखमा बस्ने तथा ‘कवं’ अर्थात कङ्काल र ‘ख्याक’ वा भूतको कथामा आधारित नाच प्रदर्शन गरिने उनले बताए ।

आठ दिन प्रदर्शन गरिने यस वर्षका नाचमा लगभग रु १३ लाख खर्च हुने अनुमान गरिएको समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारी दिए। उनले भने, “हरेक दिन कलाकार अनि स्वयंसेवक तथा वाद्यवादक र व्यवस्थापक गरी दैनिक ५० भन्दा बढी जनशक्ति प्रयोग भइरहेका छन् ।” सो नाट्य महोत्सव प्रदर्शन गर्दा जोखिं, जो नगरा, धाः, दमौखी, मृदंग, पोंगा, झयाली र ता बाजा बजाइने पाटन निवासी राजेश ताम्राकारले बताए ।

विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । कात्तिक नाचको माध्यमद्वारा देशमा आउने बिघ्नबाधा हटी शान्त्ति र सुव्यवस्था कायम रहने विश्वास रहेको छ ।

कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । २७ दिनसम्म यस नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु यस नाच आफैँमा विशेषता बोकेको छ ।

यस गरिमायम नाचको सर्जक स्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षा गुरु विश्वनाथ उपाध्यायलाई लिइन्छ । सो नाचको थालनीले सुरुआती चरणदेखि नै जनतालाई एउटै सूत्रमा बाँधेर एकछत्रमा ल्याई मनोरञ्जन दिनुका साथसाथै धार्मिक, नैतिक, सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको विश्वास छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ स्थित दायाँ आधा भागमा शिव र बायाँपट्टि विष्णुको संयुक्त मूर्ति रहेको हरिशङ्कर मन्दिर छेउमा सो नृत्य देखाइन्छ ।

सो नृत्य मञ्चन गरिने स्थान पाटनमा ललितपुर भेगकै सर्वप्राचीन ढुङ्गेधारा मङ्गहिटी अर्थात् मणिधारा अनि कुम्भेश्वर मन्दिर परिसरको पश्चिमी पर्खालमा जोडिएको मिसाहिटी अर्थात् महिलाहरूले मात्रै प्रयोग गर्ने धारा तथा मिसाहिटीको पश्चिम २२९ वर्गमिटर फैलिएको कुम्भेश्वरहिटी, दरबारबाट लगनखेल सडकको बायाँतिर मीननाथ मन्दिर अगाडि मण्डलाकार पश्चिमाभिमुख प्राचीन टाँगःहिटी, च्यासलटोलमा प्रसिद्धि च्यासलहिटीले ललितपुरको शोभा बढाइरहेका सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताए ।

उनले भने, “यसका अलवा यहाँ च्यासलहिटीबाट दक्षिण सडकपार क्वलय्लछी टोलमा प्रसिद्ध नारायणहिटी रहनाका साथै दरबारबाट पूर्वतर्फ रुद्रवर्ण महाविहार नपुग्दै सडकको बायाँपट्टि लुँहिटी वा नुगःहिटी अर्थात् नेवारी शब्दमा लुँहिटीको अर्थ सुनको धारा रहेको छ ।”

गत वर्ष महानगरपालिकाले दिएको रु ५० लाख र वडा नं १६ ले सहयोग गरेको रु १० लाख गरी यो वर्ष कूल रु ६० लाखको अक्षयकोष खडा गरिएको उपाध्यक्ष प्रतापधर शर्माले बताए।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ९ : ४८ बजे

ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बनियानी– झापाको कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा

‘हेल्लो पूर्वाधार’ सेवा सुरु

काठमाडौं- पूर्वाधार विकास मन्त्रालयले नागरिकका समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने

रवीन्द्र मिश्रको टिप्पणी : रास्वपाका केही सांसदमा अत्यधिक अहंकार देखियो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्ववरिष्ठ नेता रवीन्द्र मिश्रले

यी नेताहरूको पद अहिले नै सुरक्षित, सय केन्द्रीय सदस्यमा मात्रै हुनसक्छ निर्वाचन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमार्फत् १ सय ५८ जना

राष्ट्र बैंकलाई केही अधिकार अर्थ मन्त्रालयभन्दा माथि नजाने गरी चाहिन्छ : गभर्नर

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलले नेपाल राष्ट्र