नेपाली पौरख र गौरवभित्र लुकेका प्रतिभा बाहिर ल्याऔँ : प्रधानमन्त्री देउवा | Khabarhub Khabarhub

नेपाली पौरख र गौरवभित्र लुकेका प्रतिभा बाहिर ल्याऔँ : प्रधानमन्त्री देउवा


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमता विश्वभर चिनाउनुपर्ने बताएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ३६औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री देउवाले भौतिकरूपमा जतिसुकै उन्नत भए पनि सांस्कृतिकरूपमा प्रगति नगर्ने मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताए ।

उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना र प्राज्ञिक व्यक्तित्वको अग्रसरतामा स्थापित प्रतिष्ठानले मुलुकको भाषा, साहित्य, संस्कृति, दर्शन आदिका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताउँदै आगामी दिनमा पनि प्राज्ञिक अध्ययन र सांस्कृतिक संरक्षणमा थप योगदान गर्नुपर्ने धारणा राखे ।

समयको मागअनुसार प्राज्ञिक सामग्रीको उत्पादन हुनुपर्नेमा पनि प्रधानमन्त्रीको जोड थियो । प्रधानमन्त्री देउवाले महाकवि देवकोटा सङ्ग्रहालय निर्माणले देवकोटाप्रति सम्मान हुने उल्लेख गर्दै सभाबाट सांस्कृतिक क्षेत्रमा दूरगामी प्रभाव पार्ने निर्णय गर्ने अपेक्षा व्यक्त गरे ।

साहित्यकार परिचयपत्र वितरण

समारोहमा प्रधानमन्त्री देउवाले बहुप्रतिक्षित लेखक-साहित्यकार परिचयपत्र वितरण कार्यको आरम्भ गरे ।

प्रधानमन्त्रीबाट पूर्व सदस्यसचिव तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वकुलपति बैरागी काइँला र पूर्व सदस्यसचिव गीता केशरीलाई परिचयपत्र प्रदान गरी लेखक/साहित्यकार परिचयपत्र वितरण गरिएको थियो । प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले प्राप्त आवेदनका आधारमा क्रमशः परिचयपत्र वितरण कार्यलाई अगाडि बढाइने जानकारी दिए।

सभामा प्रतिष्ठानको पुनः डिजाइन गरिएको वेबसाइटको औपचारिक आरम्भ पनि गरियो । सो वेबसाइटमा अनलाइनबाटै हल बुकिङ तथा पुस्तक–पत्रिका बिक्री वितरणको समेत व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ११ : ५१ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी