शङ्खधर दिवसमा मध्यपुरथिमि र हरिबोधिनीमा चाँगुनारायणमा बिदा « Khabarhub

शङ्खधर दिवसमा मध्यपुरथिमि र हरिबोधिनीमा चाँगुनारायणमा बिदा


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – शङ्खधर दिवसका अवसरमा आज मध्यपुरथिमि नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

शङ्खधर साख्वाःको योगदानलाई जीवन्त राख्न नगरपालिकाले ४३औँ शङ्खधर दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । यो दिवसका अवसरमा नगरपालिकाले विगत तीन वर्षदेखि सार्वजनिक विदा दिँदै आएको हो।

दिवसकै अवसर पारेर काठमाडौँ महानगरपालिकाको सहयोगमा निर्माण भएको शङ्खधर पार्ककोसमेत आज उद्घाटन गर्दैछ । काठमाडौँ महानगरपालिकाको रु दुई करोड र मध्यपुरथिमि नगरपालिकाको रु चार करोडको लागतमा १३ रोपनी क्षेत्रफलमा परम्परागत शैलीमा ढुङ्गेधारा, एमपि थियटरसहित निर्माण भएको पार्कको उद्घाटन गर्ने तयारी गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए।

त्यस्तै चाँगुनारायण नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा भोलि सोमबार सार्वजनिक बिदा दिने भएको छ । यो एकादशीको दिनमा चार नारायणमा भव्य मेला लाग्ने र त्यसमध्ये जेठो नारायणको रुपमा मानिँदै आएको चाँगुनारायण मन्दिरमा भव्य मेला लाग्ने भएकाले चाँगुनारायण नगरपालिकाले सार्वजनिक बिदा दिएको नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

नगरपालिकाले यस दिनलाई स्थानीय पर्वको रुपमा घोषणा गर्दै विगत तीनवर्षदेखि सार्वजनिक बिदा दिने गरी क्यालेण्डर बनाएकाले भोलि बिदा दिने निर्णय गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १२ : २६ बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।