शङ्खधर दिवसमा मध्यपुरथिमि र हरिबोधिनीमा चाँगुनारायणमा बिदा | Khabarhub Khabarhub

शङ्खधर दिवसमा मध्यपुरथिमि र हरिबोधिनीमा चाँगुनारायणमा बिदा


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – शङ्खधर दिवसका अवसरमा आज मध्यपुरथिमि नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

शङ्खधर साख्वाःको योगदानलाई जीवन्त राख्न नगरपालिकाले ४३औँ शङ्खधर दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । यो दिवसका अवसरमा नगरपालिकाले विगत तीन वर्षदेखि सार्वजनिक विदा दिँदै आएको हो।

दिवसकै अवसर पारेर काठमाडौँ महानगरपालिकाको सहयोगमा निर्माण भएको शङ्खधर पार्ककोसमेत आज उद्घाटन गर्दैछ । काठमाडौँ महानगरपालिकाको रु दुई करोड र मध्यपुरथिमि नगरपालिकाको रु चार करोडको लागतमा १३ रोपनी क्षेत्रफलमा परम्परागत शैलीमा ढुङ्गेधारा, एमपि थियटरसहित निर्माण भएको पार्कको उद्घाटन गर्ने तयारी गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए।

त्यस्तै चाँगुनारायण नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा भोलि सोमबार सार्वजनिक बिदा दिने भएको छ । यो एकादशीको दिनमा चार नारायणमा भव्य मेला लाग्ने र त्यसमध्ये जेठो नारायणको रुपमा मानिँदै आएको चाँगुनारायण मन्दिरमा भव्य मेला लाग्ने भएकाले चाँगुनारायण नगरपालिकाले सार्वजनिक बिदा दिएको नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

नगरपालिकाले यस दिनलाई स्थानीय पर्वको रुपमा घोषणा गर्दै विगत तीनवर्षदेखि सार्वजनिक बिदा दिने गरी क्यालेण्डर बनाएकाले भोलि बिदा दिने निर्णय गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १२ : २६ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी