थकान मेटाउने, चिसो भुलाउने ढोरपाटन « Khabarhub

थकान मेटाउने, चिसो भुलाउने ढोरपाटन


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– चौफेरो अग्ला अग्ला पहाड । बीचमा समथर उपत्यका। उपत्यकाको आसपासबाट उत्तरतर्फ कलकल बग्ने उत्तरजंगा नदी ।

उपत्यका छेउछाउमा रहेको बाक्लो बस्ती, काठ मात्र प्रयोग गरेर निर्माण गरेका पुरानो शैलीका घरहरू । यो दृश्य हो ढोरपाटन सिकार आरक्ष केन्द्रको । यहाँ पुग्ने जो कोही पनि यहाँको प्राकृतिक शुन्दरता देखेर मोहित हुने गर्छन ।

बागलुङको पश्चिम क्षेत्रमा पर्ने ढोरपाटन सिकार आरक्ष केही समययता आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ । ढोरपाटन सिकार आरक्ष पुग्न बागलुङ बजारदेखि बूर्तिवाङसम्मको करिब ९० किलोमिटर सडक (मध्यपहाडी लोकमार्ग) यात्रा गर्नु पर्छ । बूर्तिवाङ बजारदेखि करिब ३० किलो मिटर कच्ची सडक पारे गरेपछि ढोरपाटन उपत्यकामा पुग्न सकिन्छ ।

ढोरपाटन सिकार आरक्ष केन्द्रका प्रमुख विरेन्द्रप्रसाद कँडेलका अनुसार यात्रामा जति नै दु:ख भए पनि गन्तव्यमा पुगेपछि सबै भुलिन्छ । सदरमुकाम तथा जिल्ला धेरै ग्रामीण भेगबाट विस्थापित भएका घोडाहरू चरिरहेको देख्दा आहा !

नभन्ने कोही हुँदैनन् । ढोरपाटन घुम्न आउने अधिकांश पर्यटकहरू एक पटक मात्रै भए पनि घोडा सवार गर्न खोज्ने स्थानीय दिवस विकले बताए ।

फराकिलो ढोरपाटन उपत्यकमा घोडा दौडाएर भिडियो, टिकटक बनाउने, फोटो लिने पर्यटक धेरै हुन्छन् । एक पटक घोडा चढेको एक सयदेखि समयअनुसार दुई, तीन सय रुपैयाँ लिने गरेको विकले बताए ।

छिटफुट रुपमा सिकार गर्ने पर्यटकहरु पुग्ने ढोरपाटनमा पछिल्ला केही बर्षयता प्रकृतिप्रेमी पर्यटक पुग्न थालेको स्थानीय मिना पुनले बताए ।

गोठालाहरू भैंसी, गाई, गोरु, भेँडा, बाख्रा लिएर बेसी झरेपछि सुनसान जस्तै हुने ढोरपाटन क्षेत्र अहिले पर्यटकले खचाखच भएको छ ।

‘पहिले पहिले हिउँदमा बस्ती सुनसान हुन्थ्यो,’ पुनले भनिन् ‘पर्यटक आउन थालेपछि अहिले बर्षभरी नै चहलपहल हुन्छ ।’ आन्तरिक पर्यटक बास बस्ने गरी जान थालेपछि ढोरपाटन क्षेत्रमा होमस्टे, सामुदायिक लज तथा होटल खुलेका छन् ।’

दशैँतिहार बिदाको समयमा धेरै आन्तरिक पर्यटक ढोरपाटन पुगेका थिए । सिकार आरक्ष कार्यालयले सो क्षेत्रमा प्रवेश गर्ने सवारीको लागत राख्ने गरेको छ । नेपाली, सार्क राष्ट्र र विदेशी नागरिकलाई छुट्टाछुटै प्रवेश शुल्कको तोकिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १ : ३० बजे

युवा मतदाताको रोजाइ : सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

म्याग्दी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?

काठमाडौं – नेपालका चार जना क्रिकेटरले आईसीसीको वरीयतामा सुधार गरेका

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौं– स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन– चितवनको गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ