‘चोलेन्द्रबाट’ न्यायक्षेत्रको सुधार सम्भव छैन, पदच्युत गर्नै पर्छ : अध्यक्ष चण्डेश्वर श्रेष्ठ (भिडियोसहित) « Khabarhub

‘चोलेन्द्रबाट’ न्यायक्षेत्रको सुधार सम्भव छैन, पदच्युत गर्नै पर्छ : अध्यक्ष चण्डेश्वर श्रेष्ठ (भिडियोसहित)


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबाट न्याय क्षेत्रको सुधार सम्भव नै नभएकाले उनलाई पदच्युत गर्नै पर्ने बताएका छन् ।

सर्वोच्च अदालतमा आज धर्ना दिनुअघि नेपाल बार एसोसिएसनको भवन परिसरमा कानून व्यवसायीलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अब प्रधानन्यायाधीश जबराबाट न्याय सुधारको कुनै काम नहुने भएकाले पदच्युत गर्नुपर्ने अपरिहार्य रहेको बताए ।

अध्यक्ष श्रेष्ठले जबरा रहुञ्जेल न्यायपालिकालाई सुधार गर्न नसकिने भएकोले बारले राजीनामा माग गरिररहेको बताए ।

उनले जबराको राजीनामा नआएमा पदच्युत गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै जबराले न्यायमा विचलन ल्याइ न्याय प्रशासनलाई बर्बाद बनाएको आरोप लगाए ।

श्रेष्ठले भने, ‘हामीहरू आफ्नो न्यायपालिका सुधारको लागि लागेका छौँ। न्यायपालिकाको बाधक चोलेन्द्र शमशेर जबरा जबसम्म रहन्छ, हामीले न्यायपालिका सुधार गर्न सक्दैनौँ। त्यसकारण प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य छ।’

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १ : ५३ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण