मुस्ताङ हिम पहिरोमा ११ जना घाइते (भिडियो) « Khabarhub

मुस्ताङ हिम पहिरोमा ११ जना घाइते (भिडियो)


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुस्ताङको थासाङ गाउँपालिकामा आइतबार बिहान गएको हिम पहिरोका कारण घाइते हुनेको संख्या ११ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपनिरीक्षक रामकुमार दानीले हिम पहिरो देखेपछि भएको भागदौडमा ११ जना घााइते भएको खबरहबलाई जानकारी दिए । उनका अनुसार आइतबार बिहान धौलागिरि हिमशृङखलाबाट सुरु भएको ठूलो हिम पहिरो थासाङ गाउँपालिका—२ कोवाङसम्म आइपुगेको छ।

​कोवाङस्थित जनआदर्श अमरसिंह माविका शिक्षक र विद्यार्थी गरेर ११ जना सामान्य घाइते भएका छन्। भाग्ने क्रममा ९ जना छात्रा, एक जना महिला शिक्षक र एक जना छात्रलाई सामान्य चोट लागेको उनले बताए । उनले एक घरको छाना पनि हावाले उडाएको पुष्टि भएको बताए । उनले केही चौँरी हराएको हुन सक्ने बताए । तर क्षतिको विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

प्रहरीका अनुसार करिब ५ किलोमिटर माथिबाट आएको पहिरो नाउरीकोट गाउँसम्म आइपुगेको थियो।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ५ : ०१ बजे

भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

जिल्ला प्रशासन गुल्मीले भन्यो- बाढीपीडितका नाममा अनधिकृत ढङ्गले चन्दा सङ्कलन नगर्नू

गुल्मी– जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणसँग अनधिकृत चन्दा सङ्कलन नगर्न

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

रसुवा– रसुवागढी जलविद्युत् केन्द्रका इन्जिनियर टीका पौडेलले भोटेकोशीमा गएको बाढीपछि

सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध

सिन्धुपाल्चोक– नेपाली सेनाको यहाँस्थित इन्द्रध्वज गणले पाँच पोखरीमा लागेको धार्मिक

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं– अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग