मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने « Khabarhub

मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।

विश्वासको मत लिनका लागि दुई दिनअघि प्रदेशसभामा सचिवालयमा सूचना दर्ता गर्नुपर्ने प्रवधान आइतबार सूचना दर्ता गराइएको हो ।

मंगलबार दिउँसो साढे १२ बजे प्रदेशसभाको बैठक बस्दैछ । सोही बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिनेछन् ।

गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका राईले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन् ।

हाल ९२ सदस्यीय प्रदेशसभाको विश्वास रहेको प्रमाणित गर्न मुख्यमन्त्रीले ४७ मत पाउनुपर्छ । सत्तारुढ गठबन्धन नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा गरी ५० जना सांसद् छन् ।

प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका ४० र राप्रपाका एक जना सांसद् छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ६ : ४८ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल