पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध एकीकृत समाजवादी र माओवादी निकट विद्यार्थीको सिलिण्डर बोकेर प्रदर्शन (भिडियो) « Khabarhub

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध एकीकृत समाजवादी र माओवादी निकट विद्यार्थीको सिलिण्डर बोकेर प्रदर्शन (भिडियो)


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरु काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।

आइतबार काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि सत्तारुढ दल निकटका विद्यार्थी संगठनले ग्यास सिलिण्डर बोकेर बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले राजीनामा माग गरेका छन् ।

‘मलाई किन यति अमूल्य बनायौ?, गरिब जनताको घरमा म कसरी बल्ने?’ लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि खारेज गर, मूल्यबृद्धि नियन्त्रण गरलगायतका नारा लगाएका थिए । बिरोध प्रर्दशनपछि नेपाल एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले निगमको निजी स्वार्थका कारण मूल्यबृद्धि गरेको आरोप लगाए । उनले तत्काल मूल्यबृद्धि फिर्ता लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै निगम भित्रको भ्रष्टचारको छानविन गर्न माग गरे ।

त्यस्तै अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले पेट्रोलियम पदार्थको मूल्यवृद्धि स्वीकार नभएको भन्दै मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिइन् ।

नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँले मूल्यवृद्धि गरेको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ७ : ४५ बजे

संविधानका थुप्रै कुरा बदल्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानका थुप्रै कुरा बदल्नुपर्ने

यो कांग्रेसभित्र गुटको किल्ला भत्काउने अभियान हो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन पार्टीको गुटभित्रको

इरान तनाव चर्किँदै, मृतकको सङ्ख्या ५४४ पुग्यो

दुबई– इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सङ्ख्या कम्तीमा

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी 

काठमाडौं– मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा

शर्माको प्रस्ताव : एक व्यक्ति दुईपटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री विश्व प्रकाश शर्माले प्रधानमन्त्री