न्यायालय संकटबारे दलहरुले साझा धारणा बनाउनुपर्ने नेकपा (एस) को निर्णय « Khabarhub

न्यायालय संकटबारे दलहरुले साझा धारणा बनाउनुपर्ने नेकपा (एस) को निर्णय


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले न्यायालयमा देखिएको संकट समाधानका लागि राजनीतिक दलहरु, न्याय क्षेत्रका सरोकारवाला पक्षहरुबीच एकीकृत अवधारणा बनाउन अपिल गरेको छ ।

आइतबार सम्पन्न समाजवादीको केन्द्रीय कमिटी बैठकले न्यायालयमा देखिएको समस्याले शक्ति पृथकीकरणको सिद्धान्त खलबलिने स्थितिमा पुगेको निष्कर्ष निकाल्दै संकट समाधानका लागि एकीकृत अवधारणा बनाउन अपिल गरेको हो । न्याय क्षेत्रको विद्यमान अवस्था र संकटप्रति बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैठकले कम्युनिष्ट आन्दोलनको पूनर्गठन र एकीकरणको प्रयासमा अझ सशक्त रुपले अघि बढ्ने प्रतिबद्धता पनि ब्यक्त गरेको प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकल लोकतन्त्र, देश र संविधानको पक्षमा दृढतापूर्वक उभिने वाम लोकतान्त्रिक गठबन्धनलाई अझ कसिलो बनाउन आह्वान पनि गरेको छ ।

आम जनताको पहुँचलाई विस्तार गर्न, खोपको विस्तारलाई प्रभावकारी ढंगले अघि बढाउन, बालबालिकाहरुमा समेत सुरक्षित खोप उपलब्ध गराउन र कोभिड नियन्त्रण एवं रोकथामको प्रोटोकललाई कडाइका साथ लागु गर्न सरकारसँग माग गरिएको खतिवडाले बताए । बैठकले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिको बिरोध गर्दै यथाशिघ्र फिर्ता गर्न माग गरेको छ ।

बैठकले रामचन्द्र झालाई सचिवालय समितिमा मनोनित गरेको छ । एमाले छोडेका वंशीधर मिश्रलाई स्थायी कमिटीमा मनोनित गरेको खतिवडाले जानकारी दिए ।

बैठकले वैदेशिक रोजगारबाट कोभिड १९ का कारणले रोजगार गुमाएर वा अन्य अफ्ठ्याराले स्वदेश फर्किएका नेपालीलाई सहयोगको परिस्थिति निर्माणमा आवश्यक ध्यान दिन सरोकारवाला पक्षसँग आह्वान पनि गरेको छ । बैठकमा पार्टीका उपाध्यक्ष एवं पार्टी स्कुल विभाग प्रमुख प्रमेश हमालले पार्टी स्कुलको कार्ययोजना प्रस्तुत गरेका थिए भने महासचिव एवं संगठन विभाग प्रमुख डा. वेदुराम भुसालले संगठन निर्माण र परिचालनको संक्षिप्त योजना राखेका थिए ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ८ : ०८ बजे

भोटेकोशी बाढी : ९०३ वटा शव फेला, चार हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

पहिरोले बूढीगण्डकीको सहायक स्यार खोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–छेकम्पार चौरीखर्क क्षेत्रमा ठूलो पहिरो खस्दा बूढीगण्डकी

राजीव राजभाटद्वारा ३० लाख हस्तान्तरण, ३ करोडको पुनर्निर्माण कोष घोषणा

डल्लास– अविरल वर्षा र बाढी-पहिरोका कारण देश शोकमा डुबिरहेका बेला

बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल

काठमाडौँ– हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल