न्यायालय संकटबारे दलहरुले साझा धारणा बनाउनुपर्ने नेकपा (एस) को निर्णय « Khabarhub

न्यायालय संकटबारे दलहरुले साझा धारणा बनाउनुपर्ने नेकपा (एस) को निर्णय


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले न्यायालयमा देखिएको संकट समाधानका लागि राजनीतिक दलहरु, न्याय क्षेत्रका सरोकारवाला पक्षहरुबीच एकीकृत अवधारणा बनाउन अपिल गरेको छ ।

आइतबार सम्पन्न समाजवादीको केन्द्रीय कमिटी बैठकले न्यायालयमा देखिएको समस्याले शक्ति पृथकीकरणको सिद्धान्त खलबलिने स्थितिमा पुगेको निष्कर्ष निकाल्दै संकट समाधानका लागि एकीकृत अवधारणा बनाउन अपिल गरेको हो । न्याय क्षेत्रको विद्यमान अवस्था र संकटप्रति बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैठकले कम्युनिष्ट आन्दोलनको पूनर्गठन र एकीकरणको प्रयासमा अझ सशक्त रुपले अघि बढ्ने प्रतिबद्धता पनि ब्यक्त गरेको प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकल लोकतन्त्र, देश र संविधानको पक्षमा दृढतापूर्वक उभिने वाम लोकतान्त्रिक गठबन्धनलाई अझ कसिलो बनाउन आह्वान पनि गरेको छ ।

आम जनताको पहुँचलाई विस्तार गर्न, खोपको विस्तारलाई प्रभावकारी ढंगले अघि बढाउन, बालबालिकाहरुमा समेत सुरक्षित खोप उपलब्ध गराउन र कोभिड नियन्त्रण एवं रोकथामको प्रोटोकललाई कडाइका साथ लागु गर्न सरकारसँग माग गरिएको खतिवडाले बताए । बैठकले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिको बिरोध गर्दै यथाशिघ्र फिर्ता गर्न माग गरेको छ ।

बैठकले रामचन्द्र झालाई सचिवालय समितिमा मनोनित गरेको छ । एमाले छोडेका वंशीधर मिश्रलाई स्थायी कमिटीमा मनोनित गरेको खतिवडाले जानकारी दिए ।

बैठकले वैदेशिक रोजगारबाट कोभिड १९ का कारणले रोजगार गुमाएर वा अन्य अफ्ठ्याराले स्वदेश फर्किएका नेपालीलाई सहयोगको परिस्थिति निर्माणमा आवश्यक ध्यान दिन सरोकारवाला पक्षसँग आह्वान पनि गरेको छ । बैठकमा पार्टीका उपाध्यक्ष एवं पार्टी स्कुल विभाग प्रमुख प्रमेश हमालले पार्टी स्कुलको कार्ययोजना प्रस्तुत गरेका थिए भने महासचिव एवं संगठन विभाग प्रमुख डा. वेदुराम भुसालले संगठन निर्माण र परिचालनको संक्षिप्त योजना राखेका थिए ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ८ : ०८ बजे

शर्माको प्रस्ताव : एक व्यक्ति दुईपटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री विश्व प्रकाश शर्माले प्रधानमन्त्री

भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन आज दोस्रो दिन छ ।काठमाडौंको

विश्वको प्रस्ताव : एकपटक समानुपातिक पाएकाले अर्को पटक नपाउने

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री विश्व प्रकाश शर्माले समानुपातिक

विश्वको प्रस्ताव : पदाधिकारी र केन्द्रीय सदस्यले पनि प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको बन्द सत्रमा

विष पिएरै भएनि पार्टीभित्रको एकता कायम गरिछाड्ने प्रयासमा जुटिरहन्छु : नेता कोइराला

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू निकट