टी–ट्वान्टी विश्वकप फाइनल : टस हारेको न्यूजिल्याण्ड पहिला ब्याटिङ « Khabarhub

टी–ट्वान्टी विश्वकप फाइनल : टस हारेको न्यूजिल्याण्ड पहिला ब्याटिङ


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि भिडन्तमा न्यूजिल्याण्ड र अष्ट्रेलियाबीच अहिले खेल भइरहेको छ । यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा अष्ट्रेलियाका कप्तान एरोन फिन्चले टस जितेपछि न्यूजिल्याण्डलाई ब्याटिङको निम्तो दिएका छन् ।

न्यूजिल्याण्डका मार्टिन गप्टिल र डेरियल मिचेलले ओपनिङ गरेका छन् । दुई खेलाडीले न्यूजिल्याण्डलाई सुदृढ सुरुआत दिएका छन् । अष्ट्रेलिायका लागि जोश हेजलवुडले पहिलो विकेट लिएका छन् ।

उनले डेरियल मिचेललाई ११ रनको निजी स्कोरमा आउट गरे । यो समाचार तयार पार्दासम्म न्यूजिल्याण्डले ९ औँ ओभरको खेल भइरहँदा १ विकेटको क्षतिमा ४३ बनाएको छ ।

पाकिस्तानलाई पराजित गरेर अष्ट्रेलिया र इंग्ल्याण्डलाई पराजित गरेर न्यूजिल्याण्ड फाइनल पुगेको हो । यी दुबै टिमले टी ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेका छैनन् । यो पटक नयाँ टिमले उपाधि जित्नेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ८ : २३ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध