विलियम्सनले विस्फोटक ब्याटिङ गरेपछि अष्ट्रेलियालाई १७३ रनको लक्ष्य « Khabarhub

विलियम्सनले विस्फोटक ब्याटिङ गरेपछि अष्ट्रेलियालाई १७३ रनको लक्ष्य


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुबईमा जारी टी ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलियाले रनको लक्ष्य पाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले ४ विकेटको क्षतिमा १७२ रन बनायो ।

न्यूजिल्याण्डका लागि कप्तान केन विलियम्सनले विस्फोटक ब्याटिङ गरेपछि उसले चुनौतीपूर्ण स्कोर बनायो ।

विलियम्सनले ४८ बलमा ८५ रन बनाए । उनले ३ छक्का र १० चौका प्रहार गरे । निकै सुस्त खेलेका मार्टिन गप्टिलले ३५ बलमा २८ रन बनाए ।

अष्ट्रेलियाका लागि जोश हेजलवुड सबैभन्दा सफल बलर बने । उनले ४ ओभरमा १५ रन दिएर तीन विकेट लिए। मिचेल स्टार्कले करिअरकै खराब बलिङ गरे । उनले ४ ओभरमा कुनै सफलता हात नपारी ६० रन दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ९ : ३३ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले