गठबन्धनमा सहमति नभइ एमसीसी सदनमा पेस हुँदैन : प्रचण्ड « Khabarhub

गठबन्धनमा सहमति नभइ एमसीसी सदनमा पेस हुँदैन : प्रचण्ड


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धनमा सहमति नभइ एमसीसी सदनमा पेस नहुने प्रष्ट पारेका छन् ।

मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकमा दाहालले यथास्थितिमा एमसीसी पास नहुने अडान पनि दोहोर्‍याएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिए । बैठकले सर्वदलीय बैठक डाकेर संसद अवरोध हटाउन पहल गर्ने पनि निर्णय भएको उनले जानकारी दिए ।

संसद बैठक शुरू हुनअघि बसेको बैठकले माओवादीको २१ सदस्यीय संसदीय बोर्ड पनि गठन गरेको छ ।

बैठकले राष्ट्रिय सभा दलको प्रमुख सचेतकमा गोपी अछामी, सचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारीलाई चयन गरेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १२ : ५२ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर