सभापतिमा देउवालाई सिंह-निधी र गुरूङको साथ, कोइराला एक्लिए « Khabarhub

सभापतिमा देउवालाई सिंह-निधी र गुरूङको साथ, कोइराला एक्लिए


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कांग्रेस सभापतिको निर्वाचन दोस्रो चरणमा प्रवेश गर्दा शेरबहादुर देउवा अझ बलियो बनेका छन् ।

देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरूङले साथ दिएका छन् । जवकी देउवाको विकल्प खोज्ने भन्दै उनीहरू सबै देउवाविरूद्ध नै सभापतिको उम्मेदवार बनेका थिए ।

संस्थापन इतरको समूह डा.शेखर कोइराला दोस्रो धेरै मत ल्याएर देउवासँग भिड्ने तयारीमा लागेका बेला समीकरण बदलिएको छ । यसले कोइराला कमजोर देखिएका छन् ।

पहिलो चरणको निर्वाचनमा देउवा र कोइरालाले सबैभन्दा धेरै भोट पाएका थिए । पहिलो चरणमा ४ हजार ७४३ महाधिवेशन प्रतिनधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । त्यसमध्ये ७६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । खसेको मतमध्ये देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका थिए । देउवा र कोइरालाबीचको मतान्तर ५५६ रहेको छ ।

पहिलो चरणमा सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत पाएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १ : २५ बजे

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय

पश्चिम नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना

नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा

कानुन विपरित गतिविधि गर्ने तीन फर्ममाथि जरिवाना

काठमाडौँ– खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ