कांग्रेसलाई माथि उठाउन विवेक पुर्‍याएर अब नेतृत्व फेरौँ : कोइराला (भिडियोसहित) « Khabarhub

कांग्रेसलाई माथि उठाउन विवेक पुर्‍याएर अब नेतृत्व फेरौँ : कोइराला (भिडियोसहित)


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापतिका उमेदवार डा. शेखर कोइरालाले पार्टीलाई माथि उठाउन अब प्रतिनिधिहरुले विवेक पुर्‍याए नेतृत्व फेर्न पर्ने बताएका छन् ।

दोस्रो चरणको चुनावअघि काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कोइरालाले  नैतिकता गुमाएपछि राजनीति सम्भव नहुने बताउँदै उनले भने,’तपाइँहरू स्वयंम नेता हो अन्तरआत्माले के भन्छ त्यो कुरा भोटमा प्रतिबिम्बित गर्नुस् । कांग्रेस सुधार गर्ने प्रयत्न गरिरहेको छु । त्यसलाई व्यवस्थित बनाउनेछु ।’

आजसम्म रुपान्तरण र पुनर्जागरण गरेर आइरहेको स्मरण गराउँदै उनले अबको कांग्रेस नेतृत्व परिवर्तनबाट मात्रै सम्भव हुने भएकाले आफूलाई जिताउन प्रतिनिधिहरुलाई आह्वान पनि गरे ।

कांग्रेस सभापतिको निर्वाचन दोस्रो चरणमा प्रवेश गर्दा शेरबहादुर देउवा अझ बलियो बनेका छन् ।

देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरूङले साथ दिएका छन् । जवकी देउवाको विकल्प खोज्ने भन्दै उनीहरू सबै देउवाविरूद्ध नै सभापतिको उम्मेदवार बनेका थिए ।

संस्थापन इतरको समूह डा.शेखर कोइराला दोस्रो धेरै मत ल्याएर देउवासँग भिड्ने तयारीमा लागेका बेला समीकरण बदलिएको छ । यसले कोइराला कमजोर देखिएका छन् ।

पहिलो चरणको निर्वाचनमा देउवा र कोइरालाले सबैभन्दा धेरै भोट पाएका थिए । पहिलो चरणमा ४ हजार ७४३ महाधिवेशन प्रतिनधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । त्यसमध्ये ७६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । खसेको मतमध्ये देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका थिए । देउवा र कोइरालाबीचको मतान्तर ५५६ रहेको छ ।

पहिलो चरणमा सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत पाएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  २ : ०७ बजे

नेपाली बिरामीको जटिल कोलोरेक्टल क्यान्सर सफल उपचार : म्याक्स हेल्थकेयर

काठमाडौं-नेपाली बिरामीमा देखिएको दुई जटिल कोलोरेक्टल क्यान्सर केसमा भारतको वैशालीस्थित

बालेन्द्रको चुनावी प्रचारका क्रममा ढलेका सिटौलाको निधन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु