एमालेको विरोध छिचोल्दै सदनमा अध्यादेश पेश, अर्को बैठक पुस ६ मा(भिडियोसहित) | Khabarhub Khabarhub

एमालेको विरोध छिचोल्दै सदनमा अध्यादेश पेश, अर्को बैठक पुस ६ मा(भिडियोसहित)


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच  सरकारले सदनमा ६अध्यादेश पेश गरेको छ । आज शुरू भएको प्रतिनिधिसभाको बैठकमा सरकारले ६ अध्यादेश पेश गरेको हो ।

विभिन्न मन्त्रालयका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले ६ अध्यादेश सदनमा प्रस्तुत गरेका थिए ।

उनले नेपाल प्रहरी, तेजाब तथा रासायनिक पदार्थको नियमन, सामाजिक सुरक्षा, रेल्वे, यौन हिंसा तथा फौजदारी कार्यबिधीसम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश बैठकमा पेस गरेका हुन् ।

आफूले कारबाही गरेका सांसदहरूलाई सभामुखले कारबाहीको सूची टाँस नगरेको भन्दै एमालेले संसद पुनर्स्थापनादेखि नै विरोध गर्दै आएको छ।

अध्यादेश पेसपछि पनि एमाले सांसदको विरोध नरोकिएपछि सभामुख सापकोटाले बैठक पुस ६ गतेसम्मका लागि स्थगित गरेका छन् ।

 

 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  २ : ३१ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ