कांग्रेस सभापतिका दुवै प्रत्यासी मतदातासँग मत माग्दै, ७ सय मत खस्यो « Khabarhub

कांग्रेस सभापतिका दुवै प्रत्यासी मतदातासँग मत माग्दै, ७ सय मत खस्यो


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशमा सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाले मतदातासँग मत मागि रहेका छन् ।

राष्ट्रियसभा गृहमा जारी रहेको मतदान केन्द्रमा मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्याशीले आ–आफनो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।

सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि पुनः निर्वाचन भएको हो । मतदानका लागि साँझ ७ः३० बजेसम्मको तयारी गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

साढे ४ बजेसम्म करिब ७ सय मत खसेको निर्वाचन समितिले जनाएको छ ।

पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ४ : ५३ बजे

चिसोबाट मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’