आयात प्रतिस्थापन गरेर व्यापार घाटा घटाउनुपर्छ : उपराष्ट्रपति पुन « Khabarhub

आयात प्रतिस्थापन गरेर व्यापार घाटा घटाउनुपर्छ : उपराष्ट्रपति पुन


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको आर्थिक समृद्धिका लागि आयात प्रतिस्थापन गरेर बढ्दो व्यापार घाटालाई निर्मुल गर्नुपर्ने बताएका छन्।

नेपाल हस्तकला महासंघले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले व्यापार घाटा चुलिँदै गएको वर्तमान अवस्थामा आयात प्रतिस्थापन गरेर बढ्दो व्यापार घाटालाई निर्मुल गर्नुपर्ने बताए।

उपराष्ट्रपति पुनले स्वदेशी उत्पादनलाई माया र प्रवर्द्धन गर्नुपर्ने बताउँदै सबैले स्वदेशी उत्पादनको प्रयोग गर्न पनि आग्रह गरे। उनले हस्तकला व्यवसायीहरुले गुणस्तरीय वस्तु उत्पादनमा ध्यान केन्द्रित गरी निर्यातमा जोड दिनुपर्ने पनि उल्लेख गरे। उनले हस्तकला क्षेत्रको समस्याहरु कलाकार तथा व्यवसायीको मात्र नभई राज्यको पनि भएकाले यसलाई राज्यले गम्भीर रुपले लिने बताए।

कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष सागर शमशेर जबरा र केही निकासीकर्तालाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ७ : २० बजे

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई