आयात प्रतिस्थापन गरेर व्यापार घाटा घटाउनुपर्छ : उपराष्ट्रपति पुन « Khabarhub

आयात प्रतिस्थापन गरेर व्यापार घाटा घटाउनुपर्छ : उपराष्ट्रपति पुन


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको आर्थिक समृद्धिका लागि आयात प्रतिस्थापन गरेर बढ्दो व्यापार घाटालाई निर्मुल गर्नुपर्ने बताएका छन्।

नेपाल हस्तकला महासंघले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले व्यापार घाटा चुलिँदै गएको वर्तमान अवस्थामा आयात प्रतिस्थापन गरेर बढ्दो व्यापार घाटालाई निर्मुल गर्नुपर्ने बताए।

उपराष्ट्रपति पुनले स्वदेशी उत्पादनलाई माया र प्रवर्द्धन गर्नुपर्ने बताउँदै सबैले स्वदेशी उत्पादनको प्रयोग गर्न पनि आग्रह गरे। उनले हस्तकला व्यवसायीहरुले गुणस्तरीय वस्तु उत्पादनमा ध्यान केन्द्रित गरी निर्यातमा जोड दिनुपर्ने पनि उल्लेख गरे। उनले हस्तकला क्षेत्रको समस्याहरु कलाकार तथा व्यवसायीको मात्र नभई राज्यको पनि भएकाले यसलाई राज्यले गम्भीर रुपले लिने बताए।

कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष सागर शमशेर जबरा र केही निकासीकर्तालाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ७ : २० बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड