कर्णालीमा ३३ प्रतिशतलाई कोरोना खोपको पूर्ण मात्रा « Khabarhub

कर्णालीमा ३३ प्रतिशतलाई कोरोना खोपको पूर्ण मात्रा


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशमा १० लाखभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार लक्षित उमेर समूहका १० लाख ३३ हजार १९९ जनाले खोप लगाएका छन् । तीमध्ये पहिलो मात्रा ६ लाख ३३ हजार ९७६ तथा दोस्रो मात्रा तीन लाख ९९ हजार १४३ जनाले लगाएका छन् ।

निर्देशनालयका निर्देशक डा रविन खड्काले लक्षित वर्गमध्ये खोपको पहिलो मात्रा ५३ र दोस्रो मात्रा ३३ प्रतिशत नागरिकले लगाएको जानकारी दिए। प्रदेशमा १८ लाख ३४ हजार जनसङ्ख्यामध्ये १८ वर्षमाथिका १२ लाख नागरिक छन् । अब झण्डै दुई लाख जनसङ्ख्यालाई खोपको पहिलो मात्रा लगाउन बाँकी छ । निर्देशक डा खड्काले खोपको सहज पहुँच भएपछि अभियान प्रभावकारी हुँदै गएको बताए ।

“लक्षित समूहको लागि कोभिडविरुद्धको खोपको पहिलो र दोस्रो मात्राको अभियान प्रदेशका सबै जिल्लामा चलिरहेको छ”, उनले भने, “बाह्रदेखि १७ वर्ष उमेर समूहकालाई पनि फाइजर खोपको पहिलो मात्रा दिन थालिएको छ, हालसम्म दुई हजार बढी बालबालिकाले फाइजर खोप लगाइसकेका छन् ।”

प्रदेशमा सबैभन्दा बढी डोल्पामा ७१ प्रतिशत तथा कम जाजरकोटमा ३० प्रतिशतले खोप लगाएका छन् । कर्णालीमा कोरोनाविरुद्ध कोभिशिल्ड, एष्ट्राजेनिका, भेरोसेल, जोन्सन एण्ड जोनसन र फाइजर खोप लगाइएको थियो । हाल फाइजर खोप सुर्खेतमा मात्र लगाउने व्यवस्था मिलाइएको छ । यसको पहिलो मात्रा कात्तिक २८ देखि मङ्सिर ८ गतेसम्म लगाइएको थियो । निर्देशक खड्काका अनुसार १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई विद्यालयमै खोप केन्द्र स्थापना गरी खोप लगाउने तयारी भइरहेको छ ।

यसैबीच, कर्णालीका सुर्खेतबाहेक नौ जिल्लामा सो उमेर समूहकालाई मोडर्ना खोप दिन लागिएको छ । नौ जिल्लाका एक लाख ५४ हजार ८७२ बालबालिकालाई खोप दिने तयारी छ । मोडर्ना खोप पुुस ४ देखि १४ गतेसम्म लगाइनेछ । विसं २०६१ मङ्सिरदेखि २०६६ सम्म जन्मेकालाई यो खोप दिन लागिएको हो । रासस

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ७ : ४० बजे

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक

सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म (तस्बिरहरू)

काठमाडौँ– सरकारको निर्णयअनुसार सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको

‘सीसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सीसी क्यामेरा’बाट