परराष्ट्रमन्त्री ज्ञवाली नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुँदै « Khabarhub

परराष्ट्रमन्त्री ज्ञवाली नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुँदै


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुँदैछन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा बिहीबार नयाँ दिल्ली पुगेका मन्त्री ज्ञवाली आज हैदराबाद हाउसमा बस्ने संयुक्त आयोगको बैठकमा सहभागी हुने छन्।

भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार परराष्ट्रमन्त्री ज्ञवाली र उनका समकक्षी जयशंकरबीच बिहान ११ बजे भेटवार्ताको समय तय भएको छ । ज्ञवाली र जयशंकरबीच आधा घण्टा औपचारिक वार्तापछि संयुक्त आयोगको बैठक बस्नेछ।

बैठकमा व्यापार, पारवहन, ऊर्जा तथा जलस्रोत सीमा विवाद र वार्ताको वातावरण, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार, लगानीमैत्री सहकार्य, कृषिमा दुई पक्षीय सहयोग, पर्यटनमा साझेदारी तथा दुई देशबीचको सांस्कृतिक सहकार्यका विषयमा पनि बैठकमा दुई देशका प्रतिनिधिमण्डलले बृहत् छलफल गर्ने कार्यसूची दुई दिनअघि नै सार्वजनिक भएको छ ।

भारतीय पक्षले बिहीबार सार्वजनिक गरेको बैठकका कार्यसूचीमा गत २०७६ मा नेपालमा भएको पाँचौँ बैठकको सहमति र समझदारीमाथि आत्मविश्लेषण गर्दै प्रगति र असफलताको सूची छुट्टाइनेछ । तर सीमा विवादको विषय के हुन्छ भन्नेबारे केही खुलाइएको छैन ।

यस्तै बैठकमा प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन, कोभिड खोपमा साझेदारीजस्ता विषयका महìवपूर्ण सहमति हुने अपेक्षा नेपाली पक्षको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ८ : ५५ बजे

सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं– प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा

आजको कार्टुन : विदेश पुगे पनि सुख छैन देउवालाई

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा

श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं– वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र

बिस्केट जात्रा सुरु हुँदै

काठमाडौं– आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं

स्वास्थ्य क्षेत्र सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई